ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब १४ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि

  २०७६ माघ २६ गते १०:१०     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा २ अर्ब १४ करोड रूपैयाँ नाफा गरेको छ । उक्त नाफामा साविकको जनता बैंक नेपालको २०७६ मंसिर १९ सम्मको मुनाफा समेत समावेश भएको कम्पनीले जानकारी गराएकाे छ ।

ग्लोबल आईएमई बैंककाे १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ र जनता बैंककाे ४५ कराेड १३ लाख रूपैयाँ गरी बैंककाे खुद मुनाफा २ अर्ब १४ करोड रूपैयाँ नाघेकाे हाे । गत वर्षको सोही अवधिमा ग्लोबल आईएमईले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले गत पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब ५२ करोड ६५ लाख रुपैयाँ सर्वसाधारणमा कर्जा तथा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ८ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

बैंकमा सर्वसाधारणको १ खर्ब ९७ अर्ब ४१ करोड १३ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ खर्ब २० अर्ब ८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

६ महिनाको अवधिमा बैंकले ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने ५ अर्ब ८ करोड २८ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरी ४ अर्ब ५ करोड ५३ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । गत आवको ६ महिनामा २ अर्ब ३८ करोड १० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात केही बढेको छ । यद्यपि नियामकीय प्रावधानभन्दा कम नै छ । गत आवको पुस मसान्तमा ०.७५ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा १.२० प्रतिशत पुगेको छ ।

बैंकको कष्ट अफ फण्ड घटेको छ । गत आवको पुस मसान्तसम्ममा ७.५७ प्रतिशत रहेको कष्ट अफ फण्ड चालु आवको सोही अवधिसम्ममा ६.७९ प्रतिशत छ । बैंकलाई थप कर्जा प्रवाह गर्ने सुविधा कम छ । गत आवको पुस मसान्तसम्ममा ७९.०६ रहेको कर्जा निक्षेप अनुपात चालु आवको सोही अवधिसम्ममा ७८.९८ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ ।

बैंकको आधारदर एकल अंकमा आएको छ । गत वर्षको पुस मसान्तसम्ममा १०.०९ प्रतिशत रहेको आधार दर चालु आवको सोही अवधिसम्ममा ९.६४ प्रतिशतमा झरेको छ । आधार दर कम हुँदा कर्जाको व्याज सस्तो पर्छ ।

बैंकको व्याज अन्तर (स्प्रेड) दर भने निकै बढेको छ । गत आवको पुस मसान्तसम्ममा ३.८१ प्रतिशत रहेको व्याज अन्तर चालु आवको सोही अवधिमा ५.३१ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चालु आवको अन्त्यसम्ममा व्याज अन्तर ४.४ प्रतिशतमा ल्याइसक्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.