सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ प्रस्ताव पारित

  २०७६ माघ २४ गते १९:२०     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्रस्तावित ३० करोडको आईपीओ(साधारण सेयर) पारित भएको छ । माघ २४ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेसँगै कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० लाख कित्ता सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । उक्त आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब नाघ्ने छ ।

कम्पनीले नियमक निकाय बीमा समितिको निर्देशन बमोजिम १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने व्यवस्था भएअनुसार सो मात्राको सेयर निष्काशन गर्न लागेको हो ।

त्यसैगरि सभाले आगामी आर्थिक वर्ष ०७६।०७७ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एल.आर. एसोसियट्सका चाटर्ड एकाउण्टेण्ट सुजन काफ्लेलाई नियुक्त गरेको छ ।

यस कम्पनीले २०७५ आसार २७ बाट आफ्नो व्यवसायिक बीमा कारोवार शुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.