उद्योग वाणिज्य संघका १२७ जना पदाधिकारीहरुद्वारा चन्द्रागिरि भ्रमण

  २०७६ माघ २४ गते १८:४८     विकासन्युज

काठमाडौं । चन्द्रागिरि हिल्सद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकार तथा चन्द्रागिरि हिल्स रिर्सोटमा ७८ जिल्ला नगरका अध्यक्ष सहित १२७ जना उद्योग वाणिज्य संघका पदाधिकारीहरुले शुक्रबार अवलोकन भ्रमण गरेका छन् । उनीहरुलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा महाप्रबन्धक अभिषेक विक्रम शाहले परियोजनाको स्थलगत भ्रमण गराएका हुन् ।

भ्रमणको क्रममा पदाधिकारीहरुले चन्द्रागिरि देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको र आगामी दिनमा आ-आफ्नो जिल्लामा यस्तै पर्यटकीय गन्तव्य विकास सम्भावनाको खोजी गर्ने बताए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनारहल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.