गुराँस लाइफ इन्स्योरेन्सलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति

  २०७६ माघ २४ गते ११:४१     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डकोे अनुमति पाएको छ । बोर्डले माघ २१ गते कम्पनीलाई सो मात्राको हकप्रद जारी गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ नाघ्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.