नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ६६ करोड, गत वर्षकोभन्दा ३१ करोड कम

  २०७६ माघ २४ गते १०:१२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार गत वर्षको पुस मसान्तसम्मको तुलनामा यो वर्षको सोही अवधिमा बैंकको नाफा ३० करोड ९४ लाख रुपैयाँ नाफा घटेको छ ।

गत पुस मसान्तसम्ममा बैंकले सर्वसाधारणमा १ खर्ब ३२ अर्ब ६० करोड ३८ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब २२ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

बैंकमा सर्वसाधारणको निक्षेप भने सामान्य अंकले मात्रै बढेको छ । गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ४९ अर्ब ९५ करोड २७ लाख रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको १ खर्ब ४९ अर्ब ३९ करोड २२ लाख रुपैयाँ निक्षेप थियो ।

गत वर्षको तुलनामा बैंकको खुद व्याज आम्दानी घटेको छ । गत आवको पुस मसान्तसम्ममा ३ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६ करोड ३३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष बैंकको खुद व्याज आम्दानी करिब २५ करोड रुपैयाँले घटेको छ ।

व्याज खर्च बढेका कारण बैंकको खुद व्याज आम्दानी कम भएको हो । गत आर्थिक वर्षको ६ महिनामा इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ व्याज आम्दानी र ४ अर्ब २९ करोड ४६ लाख रुपैयाँ व्याज खर्च गरेको थियो ।

चालु आवको ६ महिनामा बैंकले ७ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ व्याज आम्दानी र ४ अर्ब ६७ करोड १२ लाख रुपैयाँ व्याज खर्च गरेको छ ।

बैंकको खराब कर्जा अनुपात केही केही बढेको छ । गत आवको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात २.०४ प्रतिशत थियो भने चालु आवको सोही अवधिमा २.९ प्रतिशत पुगेको छ ।

गत आवको पुस मसान्तसम्ममा ६.५९ रहेको बैंकको कष्ट अफ फण्ड चालु आवको सोही अवधिमा ६.३७ प्रतिशतमा झरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७५.३९ प्रतिशत छ । यस्तो अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ ।

गत आवको पुस मसान्तसम्ममा ८.९६ प्रतिशत रहेको बैंकको आधार दर चालु आवको सोही अवधिमा ८.५३ प्रतिशतमा झरेको छ । आधार दर कम हुनु भनेको कर्जाको व्याज सस्तो हुनु पनि हो ।

बैंकको व्याज अन्तर ४.४१ प्रतिशत छ । गत आवको पुस मसान्तसम्ममा व्याज अन्तर ४.२४ प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.