अटो एक्स्पो २०२० को मुख्य आकर्षणमा मारुती सुजुकीको ‘फ्युचरो-ई कन्सेप्ट’, के के छन् विशेषता ?

  २०७६ माघ २३ गते १९:३६     विकासन्युज

हाल भारतमा भइरहेकाे ‘अटो एक्स्पो २०२०’ मा विभिन्न अटो ब्राण्डहरुले आ-आफ्ना नयाँ उत्पादनहरुलाई प्रदर्शनमा राखेका छन् । माघ २२ गते (६ फेब्रुअरी) बाट सुरु भएकाे उक्त एक्स्पाेकाे मुख्य आकर्षणमा मारुती सुजुकीले प्रदर्शन गरेको फ्युचरो-ई रहेकाे छ । यो कारले भविष्यमा मारुती सुजुकीका मोडेलहरुमा पाइन सक्ने स्टाइलिङ्गलाई पनि झल्काएको छ ।

मारुतीका कारहरुको पारम्परिक डिजाइनभन्दा भिन्न रहेको यस कारलाई एसयूभी-कुपको शेपमा पेस गरिएको छ । यसको इन्टेरियर पनि एकदमै आधुनिक रहेको छ । यस कारमा चौडा स्क्रिन सहितको ड्यासबोर्ड, फ्युचरिस्टिक स्टेयरिङ्ग, इलेक्ट्रिकली कन्ट्रोल गर्न मिल्ने इन्टेरियर, एम्बियन्ट लाइटिङ्ग लगायतका विशेषताहरु समावेश गरिएको छ ।

मारुतीका अनुसार हाल यो एउटा इलेक्ट्रिक कारको रुपमा रहेको भएतापनि प्रोडक्सन भएर बजारमा आउँदा चाहिँ पेट्रोल र डिजेल इञ्जिन अप्शनका साथमा पनि उपलब्ध हुनेछ । फ्युचरो-ई कन्सेप्ट प्रोडक्सन भएर मिडसाइज एसयूभीको रुपमा बजार प्रवेश गर्नेछ ।

मारुतीले फ्युचरो-ई कन्सेप्टलाई कहिले प्रोडक्सनमा उतार्छ भन्ने वारे चाहिँ केहिपनि खुलाएको छैन । लञ्चपश्चात भने यस कारले धेरै प्रतिष्पर्धीहरुसँग सामना गर्नु पर्नेछ । अहिले कियाले मिडसाइज एसयूभी सेग्मेन्टमा राम्रो पकड जमाइसकेको अवस्था छ भने हुण्डाईले पनि आफ्नो सर्वाधिक चर्चित एसयूभी क्रेटाको सेकेण्ड-जेनेरेशनलाई छिट्टै नै बजारमा ल्याउने तयारी गरिरहेको छ ।

फ्युचरो-ई कन्सेप्टको लुक्सलाई ग्राहकमाझ चर्चा कमाउन सक्ने कारणको रुपमा आँकलन गरिएको छ । तर यो कुरा भने कन्सेप्ट मोडेलमै भएको स्टाइललाई प्रोडक्शन मोडेलमा कति हदसम्म यथावत राखिन्छ भन्ने कुराले नै निर्धारण गर्नेछ । यदि प्रोडक्शन मोडेलमा पनि कन्सेप्टको जस्तै शार्प स्टाइलिङ्ग समावेस गर्ने हो भने मारुतीले मिड-साइज्ड एसयूभी सेग्मेन्टमा राम्रै छाप छोड्ने चाहिँ पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.