भारतीय सेनापतिलाई नेपाल भ्रमणको निम्तो दिन स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय

  २०७६ माघ २३ गते १८:४४     विकासन्युज

काठमाडौं । सरकारले भारतीय स्थल सेनाका सेनाध्यष जनरल एम एम नरभानेलाई नेपाल भ्रमण्को औपचारिक निमन्त्रण पठाउन नेपाली सेनालाई स्वीकृति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्का २३ वटा निर्णयहरु आज सिंहदरबारमा सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका हुन् । अब नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई औपचारिक निम्तो पठाउनेछन् ।

भारतीय सेनापति नेपाली सेनाका मानार्थ प्रधानसेनापति रहने व्यवस्था भएकाले नरभाने पदवी लिन नेपाल आउनेछन् । यसका लागि सेनाले तयारी गरेर निम्तो पठाउन स्वीकृति लिएको हो ।

यसैगरी, इजरायली डिफेन्स फोर्सका प्रमुख जनरल अभिभ कोचाभी पनि नेपाल आउने भएका छन् । उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउन सरकार स्वीकृति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.