सिद्धार्थ इन्स्योरेन्सको आय १९ करोडले बढ्यो

  २०७६ माघ २३ गते १३:२६     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीकाे आय १९ करोड २ लाख रुपैयाँले बढेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो आर्थिक वर्ष(आव)काे तुलनामा चालु आवको दोस्रो त्रैमासमा कम्पनीकाे आय उक्त रूपैयाँले बढेकाे हाे ।

अघिल्लो आवको दोस्रो त्रैमासमा १ अर्ब २६ करोड ५५ लाख रुपैयाँ आय कमाएकाे कम्पनीले चालु आवकाे साेही अवधिमा १ अर्ब ४५ करोड ५७ लाख रुपैयाँ आर्जन गरेकाे छ ।

खुद बीमा शुल्क:
सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षकोे दोस्रो त्रैमाससम्ममा खुद बीमा शुल्क ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क ४४ करोड २७ लख ३१ रुपैयाँ रहेको थियो ।
पुनर्बीमा कमिशको आयमा इन्स्योरेन्स कम्पनीको चालु आवको दोस्रो त्रैमासमा १७ करोड ६७ लाख ३९ हजाररुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १३ करोड २८ लाख ७० हजाररुपैयाँ रहेको थियो ।

लगानी, कर्जा तथा अन्य आय:

कम्पनीले चालु आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आय शिर्षकमा ४ करोड २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, गत आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आय शिर्षकमा कम्पनीको ४ करोड ३५ लाख २८ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.