एशियन लाइफको खुद बीमा शुल्क ५५ करोडले बढ्याे

  २०७६ माघ २३ गते १२:२०     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क ५५ करोड १२ लाख रुपैयाँले बढेकाे छ । गत आर्थिक वर्ष(आव)को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकाे कम्पनीले चालु आवको साेही अवधिमा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ ।

इन्स्योरेन्स कम्पनीको चालु आवमा लगानी, कर्जा तथा अन्य आयमा चालु आवको दोस्रो त्रैमासमा ७१ करोड २४ लाख ६८ हजार रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा भने ६५ करोड १५ लाख ९२ हजार रुपैयाँ छ ।

बीमा लेखको धितोमा कर्जाबाट आय शीर्षकका एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गत आवमा ४ करोड ८४ लाख ६५ हजार रुपैयाँ देखिन्छ । यस्तै, गत आवको दोस्रो त्रैमासमा बीमा लेख धितोमा कर्जाबाट आयमा कम्पनीको २ करोड, १३ लाख ६२ हजार रुपैयाँ देखिन्छ ।

आयको अवस्थाः

चालु आ।वको दोस्रो त्रैमासको अन्त्यसम्म लाइफ इन्स्योरेन्स कम्पनीको आय ३ अर्ब ८ करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको आय २ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.