इक्यान र क्यानबीच भेटवार्ता, सहकार्यमा सम्बन्ध विस्तार गरिने

  २०७६ माघ २३ गते ११:१६     विकासन्युज

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ (क्यान) का पदाधिकारीहरुबीच भेटवार्ता सम्पन्न भएको छ । इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेको नेतृत्वको कार्यसमिति र क्यानका अध्यक्ष नवराज कुँवरको टोलीबीच बुधबार क्यानको कार्यालयमा भेटघाट भएको हो ।

भेटमा क्यानका अध्यक्ष कुँवरले इक्यान र क्यानबीच सहकार्य गर्ने र सम्बन्ध विस्तार गर्नका लागि प्रस्ताव गरेका थिए । इक्यान अध्यक्ष पाण्डेले वर्तमान समयमा सूचना सञ्चार तथा प्रविधिको महत्वबारे चर्चा गर्दै नेपालको शिक्षा क्षेत्रको विकासका लागि आईसिटीको भूमिका महत्वपूर्ण हुने बताए ।

क्यानले लामो समयदेखि सूचना सञ्चार र प्रविधिको क्षेत्रमा गरेको कामका प्रसंशा गर्दै आगामी दिनमा मुलुकमा आईसिटी साक्षरता बढाउनका लागि भूमिका खेल्नुपर्ने बताएका थिए । शैक्षिक परामर्शको संघ इक्यान र क्यान मिलेर दुबै संस्थाको हितका लागि सहकार्य गरी अगाडि बढ्नुपर्नेमा अध्यक्ष पाण्डेले जोड दिए ।

क्यान सूचना सञ्चार तथा प्रविधि क्षेत्रमा काम गर्ने संस्थाहरुका महासंघ हो भने इक्यान शैक्षिक परामर्श व्यवसायी संघहरुको सबैभन्दा पुरानो र ठूलो संघ हो ।

भेटमा इक्यानका तर्फबाट अध्यक्ष पाण्डेसहित उपाध्यक्षहरु देविदास भट्टराई र कृष्णहरि केसी, महासचिव दीपकराज भुसाल, सचिव बासुदेव दाहाल र सदस्यहरु भवनाथ हुमागाई, आशिक कार्की र पुष्पराज भट्टराई थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.