ज्योति लाईफ इन्स्योरेन्सले बीमितलाई दियो २० लाख रुपैयाँ

  २०७६ माघ २२ गते १९:३७     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले घातक रोग उपचार गर्न बीमित सलिम श्रेष्ठलाई २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले दोलखा घर भई बनेपा, काभ्रे बस्ने कम्पनीका बीमित श्रेष्ठलाई बीमा सम्झौता अनुसार घातक रोगको उपचार सुविधा बीमाङ्क वापत सो मात्राको रकम प्रदान गरेको हो ।

नीज बीमितले २०७६ साल आषाढमा बीस लाख रुपैयाँ बिमाङ्कको घातक रोग सुविधा सहितको “ज्योति सुरक्षित भविष्य योजना” बीमालेख खरिद गरेका थिए । सोही बमोजिम उनले बीमा सुविधा वापत उपचारको लागि उक्त रकम पाएका हुन् ।

कम्पनीले सर्वाधिक ३५ वटा घातक रोगहरुको लागि ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार सुविधा सहित जीवन बीमा योजना जारी गरिसकेको छ ।

रकम हस्तान्तरणको क्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीले संयोगबस विश्व क्यान्सर दिवसकै दिन यसरी घातक रोग लागेका बिमितलाई उपचार खर्च दिन पाउँदा खुसी लागेको बताएका छन् । साथै, आगामी दिनहरुमा बीमितहरुलाई अझ स्तरिय सेवा दिने प्रतिबद्धता व्यक्त गर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.