ह्याण्ड्स अन नेपालले मलेसियाको उप-प्रधानमन्त्रीबाट पायाे प्रशंसा पत्र

  २०७६ माघ २२ गते १९:०१     विकासन्युज

काठमाडौं । ह्याण्ड्स अन नेपालले मलेसियाको उप-प्रधानमन्त्रीबाट प्रशंसा पत्र पाएको छ । ह्याण्ड्स अन नेपालले इन्साफ मलेसियासँगको सहकार्यकाे लागि उप प्रधानमन्त्रीबाट प्रशंसा पत्र पाएको हो ।

ईन्साफ मलेसियाको कोलालम्पुर स्थित सांग्रिला होटलमा भएको १० औं वार्षिकउत्सवको अवसरमा ह्याण्ड्स अन नेपालका निर्देशक काल बहादुर तामाङलाई उक्त पत्र प्रदान गरिएको थियो ।

ईन्साफ मलेसिया गरिबी र प्रकोपमा चपेटामा परेका समुदायलाई प्राविधिक रुपमा सहयोग गर्न गैर नाफा मुलक मलेसियन संस्था हो ।

ह्याण्ड्स अन नेपाल र ईन्साफ मलेसियाले सन् २०१८ देखि नेपालको ग्रामिण क्षेत्रमा विद्यालय निमार्ण र शिक्षालाई समर्थन गर्दै काम गर्दै आईरहेको छ । हालसम्म उनीहरुले मिलेर ३ वटा ग्रामीण विद्यालय बनाईसकेका छन् । यस्तै नुवाकोट, काभ्रेपलान्चोक र रामेछापका गरिब विद्यार्थीहरुलाई लुगा, जुत्ता, स्टेसनरी, फर्निचरहरु वितरण गरेका छन् ।

यस्तै यी संस्थाहरुले विद्यार्थीहरुलाई खाजा प्रदान गर्न फुड प्रोग्राम पनि संचालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.