गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न आवश्यकः अर्थमन्त्री डा. खतिवडा

  २०७६ माघ २२ गते १८:२३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसंगको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले नेपाली बजारमा प्लाइउडको माग उच्च भएकोले उत्पादनको गुणस्तरियतामा ध्यान दिनुपर्ने बताएका हुन् ।

प्लाइउडमा नेपाल आत्मनिर्भर भएकोमा खुशी व्यक्त गर्दै अर्थमन्त्री डा. खतिवडाले कु-काठजन्य वनस्पतिलाई नगदे बालीको रुपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे बताए । अर्थमन्त्री डा. खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गरेका छन् । साथै, प्लाइउड उत्पादक संघले राखेका समस्याहरुका बारेमा छलफल गरी समाधान गरिने उनले बताए ।

हाल नेपालमा प्लाइउड सम्बन्धी ६७ वटा उद्योगहरु चालु अवस्थामा रहेका छन् । यसमा करिब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको तथा प्लाइउडमा नेपाल आत्मनिर्भर रहेको नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदिप कुमार चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.