सिटिजन्स बैंकले ल्यायो स्मार्ट बचत खाता योजना, दैनिक मौज्दातमा ६ प्रतिशत ब्याज

  २०७६ माघ २२ गते १७:४६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्दै ‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउने छन् ।

यस खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार(एबीबीएस), अनलाइन कारोबार गर्न सुरक्षित थ्रीडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् । यस योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यस खाता बाहकहरुले जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन ।

दैनिक मौज्दातमा ६ प्रतिशत ब्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ । यो खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ८९ वटा शाखा, ९० वटा एटीएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.