माघ दोस्रो सातादेखि तरलतामा कमि, दैनिक औसत ३० अर्बको हारहारीमा मात्रै

  २०७६ माघ २२ गते १७:०९     विकासन्युज

काठमाडौं । माघ दोस्रो सातादेखि बैंकिङ क्षेत्रमा तरलताको कम देखिएको छ । चालु आर्थिक वर्षको सबैभन्दा कम तरलता १५ माघमा नै देखिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षाअघि सरोकारवालासँग गरेको छलफलमा दिइएको तथ्यांकले यस्तो देखाएको हो । माघ १५ गते बैंकिङ क्षेत्रमा १६ अर्ब ६० करोड रुपैयाँ तरलता थियो ।

राष्ट्र बैंकको अनुसान्धान विभागका प्रमुख डा. गुणाकर भट्टका अनुसार १६ माघमा ३१ अर्ब ६० करोड रुपैयाँ तरलता थियो । यस्तै, १७ माघमा ३० अर्ब २० करोड, १८ माघमा ३० अर्ब २० करोड, १९ माघमा ३० अर्ब ७० करोड, २० माघमा ३१ अर्ब र २० माघमा ३२ अर्ब ८० करोड रुपैयाँ तरलता छ ।

बैंकहरुले सर्वसाधारणबाट लिएको निक्षेप रकमको ८० प्रतिशतसम्म ऋण दिन पाउँछन् । २० प्रतिशत रकमबाट ऋण दिन पाइदैन । बैंकले ऋण दिन पाउने रकम ऋण लगानी नभई बैंकसँग बसेको मात्रा नै तरलता हो । अर्थात, २० माघमा नेपालका बैंक वित्तीय संस्थाले बढीमा ३२ अर्ब ८० करोड रुपैयाँ ऋण दिन सक्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.