किशोरले जन्माएका विश्वका प्रसिद्ध ५ कम्पनी जसले संसारमा राज गरिरहेकाे छ

  २०७६ माघ २२ गते ११:१४     विकासन्युज

काठमाडौं । टिनएज अर्थात किशोर अवस्था । यो अवस्थालाई जीवनको रेखा वा भविष्यको दिशा निर्धारण गर्ने विशेष अवस्थाको रुपमा लिइन्छ ।

परिवारको उचित स्याहार, शिक्षक र अग्रजको सही मार्गनिर्देशनको अभाव भएमा वा आफूमा आउने नयाँ नयाँ जोश तथा आबेगलाई सम्भाल्न नसकेमा यो अवस्थामा जो कोही पनि जीवन वर्वादीतर्फ उन्मुख हुन पनि सक्दछन् ।

नविन सोच, श्रृजनशीलता, साहसको विकास तथा जोखिम लिन सक्ने समयको रुपमा पनि किशाेर अवस्थालाई लिइन्छ ।

संसारभरीका अधिकांश किशोर यो अवस्थामा आफूलाई शिक्षादिक्षा एवं विविध शीपको आर्जनद्धारा बाँकी भविष्यको लागि तैयार राख्न संघर्षरत छन् । तर, हुने बिरुवाको चिल्लो पात भने झै संसारमा केही यस्ता मानिस पनि छन्, जसले टिजएजमै सुरु गरेको नविन कार्यले उनीहरुलाई सफलताको शिखरमा त पु¥यायो पु¥यायो, उनीहरुले पाएको सफलताले संसारलाई समेत चकित तुल्याएको छ ।

साहेद उनीहरुले सोचेका पनि थिएनन् होला कि गाडी बनाउने ग्यारेज वा विश्वविद्यालयको डर्मेटरीमा बसेर बुनेको व्यापारको उपायले संसारभरका मानिसको मन जित्छ भनेर ।

चाहे सबैले रुचाएको सामाजिक संजाल एप फेसबुक भनांै वा सबवे रेष्टुँरा, यी प्रख्यात व्यवसायहरु टिनएजरले नै सुरु गरेको थिए ।

हामीले एजेन्सीहरुको सहयोगमा सानै उमेरमा सुरु गरेर विश्वव्यापी चर्चित केही कम्पनी तथा ती कम्पनीका मालिकहरुको संक्षिप्त चिनारी प्रस्तत गरेका छौं ।

१. मार्क जुकरबर्ग, सिइओ, फेसबुक

हाबार्ड विश्वविद्यालयको डर्मेटरीबाट फेसबुकको विकास गर्दा मार्क जुकरबर्ग मात्र १९ वर्षका थिए । सन् २००३ मा हाबर्ड प्रवेश गरेकै वर्ष जुकरबर्गले फेसमास नामक वेबसाइटको विकास गरेका थिए ।

यो साइटमा विद्यार्थीहरुले आफ्नो फोटो पोष्टेर सबैभन्दा ‘हट’ कसलाई देखिएको छ भनेर तुलना गर्ने गर्दथे । यही साइटको कारण जुकरबर्गले हाबार्ड प्रशासनबाट सजाँय भोग्नुप¥यो, जुन लगभग कलेजबाट निकालिनु पर्ने अवस्थाभन्दा थोरै कम मात्र थियो । तथापि, यही फेसमास हाल विश्वभरी करोडांैले रुचाएको फेसबुकको खाका वा आधार तयार ग¥यो ।

फेबु्रअरी ४, २००४ मा कलेजकै अन्य केही विद्यार्थी साथीसँग मिलेर जुकरबर्गले फेसबुकको दोश्रो संस्करण तयार गरे, जसलाई द फेसबुक डट कमको नाम दिइयो । यो साइटले हाबार्डका विद्यार्थीहरुलाई एकअर्कासँग अनलाइन सम्पर्क वा संवाद गर्ने अवसर दियो, जुन सो समयमा एक चमत्कार नै थियो ।

छोटो समयमै द फेसबुक साइट अत्याधिक चर्चित हुन पुग्यो, जसको कारण यसलाई हाबार्डभित्र मात्र नभएर स्टानफोर्ड, याले र कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुका लागि पनि उपलब्ध गराइयो ।

सन् २००५ मा द फेसबुकलाई मात्र फेसबुकमा परिणत गरियो र सेप्टेम्बर २६, २००६ देखि १३ वर्ष पार गरेका र आधिकारीक इमेल ठेगाना भएका संसारभरीका जोकोहीले पनि फेसबुकमा खाता खोल्न सक्ने भए । तत्पश्चात जसरी संसारभरी फेसबुकका प्रयोगकर्ताहरु नाटकीय ढंगले बढ्दै गए, त्यसरी नै बढ्दै गयो यो सामाजिक संजालका लागि काम गर्ने कर्मचारी तथा कार्यकारीहरुको संख्या पनि ।

आज ब्राण्ड क्षमता र प्रयोगकर्ता संख्या दुबै हिसाबले फेसबुक इन्टरनेट जगतको सबैभन्दा ठूलो सामाजिक माध्यम बनेको छ । स्टाटिस्टाकाका अनुसार सन् २०१९ सम्म फेसबुकको प्रयोगकर्ता संख्या करिब २ अर्ब ५० करोड पुगेको छ । दशाैं करोड मानिस तथा कम्पनीहरुले यसलाई विज्ञापनका लागि प्रयोग गरिरहेका छन् । बजार भाउको हिसाबले पनि फेसबुक संसारभरीकै ठूला कम्पनीमध्येको एक हो । सन् २०१८ सम्म यसको बजार मूल्य करिब ५४१.५ अर्ब अमेरिकी डलर बराबरको थियो । स्टास्टीकाले सन् २०१३ मा ७.८७ अर्ब अमेरिकी डलर बार्षिक कमाई गरेको फेसबुकको बार्षिक कमाइ सन् २०१७ सम्म आइपुग्दा ४०.७ अर्ब अमेरिकी डलर पुगेको बताएको छ ।

२. माइकल डेल, सिइओ, डेल इन्क

सन् १९८४ देखि ८८ सम्म पीसीज लिमिटेड र १९८८ देखि २००३ सम्म डेल कम्प्युटर कर्पोरेसन नामले चिनिने डेल इन्क ब्यक्तिगत कम्प्युटरको डिजाइन, विकास र उत्पादन गर्ने विश्वब्यापी कम्पनी हो । राउण्ड रक, टेक्सासमा मुख्यालय रहेको डेल इन्क ब्यक्तिगत कम्प्युटर उत्पादन गर्ने संसारभरीकै सबैभन्दा ठुलो कम्पनीमध्येको एक हो ।

यो कम्पनीको स्थापना गर्ने ब्यक्ति माइकल डेल हुन् । उनकै थरबाट हाल यो कम्पनी विश्वभरी चिनिएको छ । यस कम्पनीको बिजारोपण सन् १९८४ मा भएको हो, जतिबेल डेल १९ वर्षे टिनएजरको रुपमा टेक्सास विश्वविद्यायमा अध्ययनरत थिए ।

विद्यार्थीका रुपमा उनले कलेजको डर्मेटरीबाट मानिसहरुको ब्यक्तिगत कम्प्युटरमा उनीहरुको रुचिअनुसारको ‘कस्टमाइज्ड अपग्रेडेसन’ (स्तरोन्नति) को सेवा प्रदान गर्ने गर्दथे । यो कामबाट राम्रो आम्दानी हुने देखेर आफूले सो समयसम्म कमाएको करिब ८० हजार अमेरिकी डलर लिएर उनीले कलेज ड्रप आउट गरे ।

सोको एक वर्ष पश्चात सन् १९८५ मा उनले आफैले डिजाइन गरेको पहिलो पर्सनल (पिसी) कम्प्युटर टर्बो पिसी सार्वजनिक गरे । उपभोक्ता सेवा वा बिक्रीपश्चातको सेवा (आफ्टर सेल्स) लाई आफ्नो मूल व्यापार रणनीति बनाएका डेललाई यसै रणनीतिले सफलताको शिखरमा पु¥यायो । र, नयाँ–नयाँ अन्तराष्ट्रिय बजारमा उनको उत्पादनको उपस्थिति तथा स्विकार्यता बढ्न थाल्यो ।

व्यक्तिगत कम्प्युटरको क्षेत्रमा बजार अगुवाइ गरेको डेल इन्कको आजको बजार मूल्य ४५.२ अर्ब अमेरिकी डलर बराबर छ भने हालसम्म पनि कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका माइकल डेलको कुल व्यक्तिगत सम्पत्ति ३१ अर्ब अमेरिकी डलर रहेको जनाइएको छ ।

३. फ्रेड डिलुसा, संस्थापक, सबवे फाष्टफुड चेन

सन् १९६५ मा १७ वर्षे फ्रेड डिलुसालाई आफ्नो कलेजको शूल्क तिर्न केही अतिरिक्त रकमको आवश्यकता परेको थियो । सो आवश्यकता पूर्तीका लागि उनले आणविक भौतिकशास्त्री तथा उनको पारिवारिक साथी पिटर बकलाई आग्रह गरे । पिटरले उनलाई सापटीको रुपमा दिएको एक हजार अमेरिकी डलरको प्रारम्भिक लगानीसहित डिलुसाले कनेक्टिक्याटमा पिट्स सुपर सबम्यारिन नामक फाष्ट फुड रेष्टुँराको स्थापना गरे ।

रेष्टुँराले छोटै समयमा पाएको सफलताबाट हौसिएर डिलुसाले सन् १९६६ मा आफ्नो दोश्रो शाखा बिस्तार गरे । र, सोको दुई वर्षपश्चात रोष्टुँरालाई सबवेको नामले ब्राण्डि¨ गरे । तीब्र बेगमा चर्चा बटुल्दै अमेरिकाको विभिन्न शहरहरुमा १६आंै आउटलेट संचालनमा ल्याएपश्चात सन् १९७४ मा सबवेको पहिलो फ्रेञ्चाइजीको स्थापना हुन पुग्यो भने सन् २००२ सम्म आइपुग्दा यो अमेरिकाको सबैभन्दा ठूलो चेन रेष्टुराँ कम्पनी भइसकेको थियो ।

सन् १९८४ मा अमेरिका बाहिर बहराइनमा पहिलो फ्रेञ्चाइजी शाखा स्थापना गरेको सबवेले २१आंै शताब्दीको दोश्रो दशकसम्म सबैभन्दा छिटो बिस्तार भएको चेनको रुपमा विश्वभरका सयभन्दा बढी देशहरुमा ४० हजारभन्दा बढी शाखा बिस्तार गरिसकेको छ । यी सबै शाखाहरु फ्रेञ्चाइजी मोडलमा संचालित छन् ।

सन् २०१५ मा डिलुसाको मृत्युपश्चात सबवेलाई उनको बहिनी सुजान गे्रसाले नेतृत्व प्रदान गरिहेकी छिन् ।

४. म्याट मुलेनवेग, संस्थापक, वर्डप्रेस

सन् २००१ मा माइकेल भलरिचीले बिटु क्यापलग नामक सामान्य कन्टेन्ट म्यानेजमेन्ट प्रणालीको विकास गरे । सोही प्रणालीमा आफ्नो ब्लग होष्ट गर्न खोज्दा म्याट मुलेनवेगले धेरै प्राविधिक समस्या झेल्नुप¥यो, जसको प्रतिक्रिया स्वरुप उनले नयाँ संस्करणको बिटु क्यापलगको विकास गरे । यो क्यापलग नै अहिले विश्वभरी नै वर्डप्रेसको नामले चिनिन्छ । यो सुदृढ प्रणालीको निर्माण गर्दा मुलेनवेग मात्र १९ वर्षका थिए ।

वर्डप्रेसको जन्म एक सुन्दर, लचिलो र सुसंगठित ब्यक्तिगत प्रकाशन प्रणालीको विकासको चाहनाको परिणाम थियो, जसलाई टिनएजर मुलेनवेगको श्रृजनशीलताको कारण आज सारा विश्वले सहर्ष स्विकारेको छ ।

सन् २००३ मे महिनामा सार्वजनिक भएको वर्डप्रेस सुरुमा ब्लग छाप्ने प्रणालीको रुपमा निर्मित भए तापनि अन्य वेभमा आधारित सामाग्री जस्तै मिडिया ग्यालरी, मेम्बरसीप साइटहरु, शिकाइ ब्यवस्थापन प्रणाली तथा ब्यवसायिक वेबसाइट लगायतलाई सपोर्ट गर्ने प्लेटफर्मको रुपमा यसको विकास, परिमार्जन र बिस्तारभएको छ ।

सन् २०१९ को अफ्रिलसम्म विश्वका उत्कृष्ट १ करोड वेभसाइट सहित करिब ६ करोड वेबसाइटहरु यस प्लेटफर्ममा निर्भर रहेका छन् । यो हालसम्मकै सबैभन्दा चर्चित कन्टेन्ट म्यानेजमेन्ट प्रणाली वा समाधानको रुपमा स्थापित भएको छ ।

समग्रमा आज वर्डप्रेस प्रणालीभित्र २० अर्बभन्दा बढी वेबपेजहरु समाहित छन् जसलाई हरेक महिना चार करोड ९० लाखभन्दा बढी मानिसहरुले भिजिट गर्दछन् ।

५. माइक किट्रेज, निर्माता, याङ्की क्याण्डल

आज विश्वले याङ्की क्याण्डलको रुपमा चिन्ने प्रसिद्ध बैनबत्ति कम्पनीको जन्म त्यतिबेला भयो, जतिबेला यसको निर्माता माइक किट्रेजले सन् १९६७ को क्रिसमसमा आफ्नी आमालाई उपहार स्वरुप दिनको लागि क्रेयन (रंग पेन्सिल) लाई पगालेर पहिलो बासनादार मैनबत्तिको श्रृजना गरे ।

एउटा १६ वर्षे ठिटोले बनाएको यस अचम्मको बस्तु देखेर जब किट्रेजका छिमेकीहरुले सकारात्मक चासो देखाए र उक्त सामाग्री आफूहरुका लागि पनि बनाइदिन हौस्याए, तब उनलाई थाहा थिएन कि उनी नजानिँदो ढंगले आज विश्वले याङ्की क्याण्डलको रुपमा चिन्ने कम्पनीको लागि जग हालिरहेका थिए ।

सन् १९६९ ताका दुई अमेरिकी डलरमा आफ्ना छिमेकीहरुलाई बासनादार मैनबत्ति बेच्ने किट्रेजले बढ्दो मागलाई धान्नकै लागि उद्योगको स्थापना गरेर आफ्नो उत्पादनलाई दिगो र बृहत बनाउनु पर्ने अवस्थामा पुगे ।

सन् १९९८ मा क्यान्सर रोगको शिकार भएपश्चात किट्रेजले आफ्नो कम्पनी ५० करोड अमेरिकी डलरमा बेचेका थिए ।

यसरी एउटा युवाले अञ्जानमै बनाएर चर्चा कमाएको याङ्की क्याण्डलको आज संसारभरी ५ सयभन्दा बढी स्टोर र १९ हजारभन्दा बढी रिटेलरहरु फैलिएर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.