नेपालमा पाँच महिनामै ७०० युनिट बिक्री भयो हुण्डाइको ‘भेन्यु’ एसयूभी, सुरुवाती मूल्य ३४ लाख ९६ हजार

  २०७६ माघ २२ गते १०:४६     विकासन्युज

काठमाडाैं । हुण्डाईको ‘भेन्यु’ नेपाली अटोमोवाइल बजारमा प्रशिद्ध नाम हो । हुण्डाइको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाली बजारमा भेन्युको इ, एस, एसएक्स र एसएक्स डिसिटि गरी ४ अलग भेरियन्टहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले भेन्युको सुरुवाती मूल्य भने ३४ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

हुण्डाईको एसयूभी चढ्ने चाहना त हुने तर क्रेटा अलि महँगो लाग्नेहरुका लागि भेन्यु एउटा राम्रो विकल्प बनेको छ । नेपाली बजारमा क्रेटाको मूल्य ४७ लाख रुपैयाँ बाट शुरु छ । कम्पनीका अनुसार नेपाली बजारमा भेन्यु भित्र्याएको अहिले ५ महिना पूरा भयो भने हालसम्म ७०० युनिट जति बिक्री पनि भइसकेको छ ।

भेन्यु एउटा ५–डोर सबकम्प्याक्ट एसयूभी हो । यस कारमा प्रोजेक्टर फग ल्याम्प, इलेक्ट्रिकली अपरेट गर्न मिल्ने आउटसाइड रियर भ्यू मिरर, स्मार्ट इलेक्ट्रिक सनरुफ, एयर प्युरिफायर, वायरलेस फोन चार्जर, रियर एसी भेन्ट्स, ग्लोभबक्स कुलिङ्ग, आर्मरेस्ट, मल्टिफङ्कसन स्टेयरिङ्ग लगायतका फिचरहरु समावेश गरिएको छ ।

त्यसैगरी सेफ्टी फिचर्सका रुपमा चाहिँ ड्राइवर र पेसेन्जर एयरब्याग्स, एबीएस, इलेक्ट्रोनिक ब्रेकफोर्स डिष्ट्रिब्युसन, इञ्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टी लक, पावर डोर लक, अटो क्र्यास नोटिफिकेशन, हाइ स्पिड अलर्ट, आइडल अलर्ट, इम्प्याक्ट सेन्सिङ्ग अटो डोर अनलक, सिटबेल्ट रिमाइन्डर, स्पिड सेन्सिङ्ग अटो डोर, हिल एसिस्ट लगायतका विशेषता रहेका छन् ।

भेन्यूमा प्रयोग गरिएको ११९७ सीसी पेट्रोल इञ्जिनले ८२ बीएचपीको पावर र ११५ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १७.५० केएमपीएलको माइलेज दिन्छ ।

५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १९५ मिलिमिटर, बुट स्पेश २९५ लिटर र फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४५ लिटरको रहेको छ । त्यसैगरी यस कारका आगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् ।

कम्पनीका अनुसार अहिलेको विशेष अफर अन्तर्गत यस कारको खरिदमा १ लाख ५० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनेछ ।

नेपाली बजारमा उपलब्ध भेन्युका भेरियन्टहरुको मूल्य भने यस प्रकार रहेको छः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.