एनबी बैंकको नाफा ८० करोड, निक्षेप करिब ५ अर्बले बढ्यो

  २०७६ माघ २२ गते १०:२५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल बंगलादेश (एनबी) बैंकले ८० करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ७९ करोड ३३ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका अनुसार बैंकको नाफा गत वर्षको तुलनामा १ करोड ४४ लाख रुपैयाँ नाफा बढेको छ ।

एनबी बैंकले सर्वसाधारणलाई ५७ अर्ब ९३ करोड ४६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ५२ अर्ब ५१ करोड ९१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको ६३ अर्ब १२ करोड ४३ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा बैंकसँग सर्वसाधारणको ५९ अर्ब ७६ करोड ४७ लाख रुपैयाँ निक्षेप थियो ।

गत पुस मसान्तसम्मा एनबी बैंकले ३ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २४ करोड १४ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्मा बैंकले २ अर्ब ३० करोड ४३ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ थियो । गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको एनबी बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात १.९२ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा खराब कर्जा अनुपात १.७८ प्रतिशत थियो । कष्ट अफ फण्ड ७.३६ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा कष्ट अफ फण्ड ७.५८ प्रतिशत थियो ।

एनबीको कर्जा निक्षेप अनुपात ७२.९५ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा ७७.२९ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ ।

बैंकको आधार दर ९.९२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात १०.८२ प्रतिशत थियो । यस्तै, व्याज अन्तर (स्प्रेड) दर ४.८ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा व्याज अन्तर दर ५.१ प्रतिशत थियो । व्याज अन्तर कम भएको कारण बैंकको खुद व्याज आम्दानी घटेको छ भने नाफा पनि १ करोड ४४ लाख रुपैयाँ मात्रै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.