हिमालयन बैंकको नाफा १ अर्ब ७४ करोड

  २०७६ माघ २२ गते ९:५९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा हिमालयन बैंकले १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा हिमालयन बैंकले १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणका अनुसार हिमालयनको नाफा गत वर्षको ६ महिनाको तुलना यो वर्ष ३७ करोड ५४ लाख रुपैयाँ बढाएको छ ।

बैंकले सर्वसाधारण्मा ९७ अर्ब ७२ करोड ४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा कर्जा तथा लगानी ९२ अर्ब ६९ करोड ७३ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकको कर्जा तथा लगानी करिब ५ अर्ब रुपैयाँ बढेको देखिन्छ ।

हिमालयनमा सर्वसाधारणको १ खर्ब १२ अर्ब ७२ करोड ९१ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको पुस मसान्तसम्ममा सो बैंकमा सर्वसाधारणको १ खर्ब ९ अर्ब ३८ करोड ७० लाख रुपैयाँ निक्षेप थियो ।

गत पुस मसान्तसम्ममा हिमालयन बैंकले ६ अर्ब १७ करोड ७१ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५७ करोड २१ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो ।

हिमालयन बैंकले गत पुस मसान्तसम्ममा ३ अर्ब ५९ करोड ९० लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७ करोड ८७ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा २ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको हिमालयन बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५७ करोड ८० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात १.२८ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा खराब कर्जा अनुपात १.२५ प्रतिशत थियो । बैंकको कष्ट अफ फण्ड ६.३४ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा कष्ट अफ फण्ड ६.७३ प्रतिशत थियो ।

यस्तै, बैंकके आधार दर ८.९२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा ९.११ प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७३.९४ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा ७८.४५ प्रतिशत थियो । यस्तो अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ । हिमालयन बैंकको व्याज अन्तर (स्प्रेड) दर ५.३२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा व्याज अन्तर ३.९४ प्रतिशत थियो । आगामी असार मसान्तसम्ममा व्याज अन्तर ४.४ प्रतिशतमा ल्याइसक्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.