सन्दीप लामिछानेलाई एक लाख नगदसहित युथ आइकन सम्मान दिइने

  २०७६ माघ २१ गते १९:०२     विकासन्युज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एक लाख रुपैयाँ पुरस्कारसहित  युथ आइकन  २०२० बाट सम्मानित हुने भएका छन् । काठमाडौं  युथ कन्क्लेभले माघ २४ गते आयोजना गर्ने कार्यक्रममा उनीसहित  राष्ट्रिय तेक्वान्डो खेलाडी आयशा शाक्य पनिसम्मानित हुँदैछन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवार  प्रमुख अतिथि र  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई विशेष अतिथिकाे रुपमा रहने जनाइएकाे छ ।

विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका करिब ३ हजार युवाहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै शुक्रबार काठमाडौँ युथ कन्क्लेभ २०२०को आयोजना गरिने जनाइएकाे छ ।

कार्यक्रम युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेसनल कलेज, न्यु समिट कलेज र हिमालय कलेज अफ इन्जिनियरिङले संयुक्त रूपमा आयोजना गर्दै छ।

यसले युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने आयोजककाे विश्वास  छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.