सन्राइज बैंकका ग्राहकलाई होटल अन्नपूर्णमा १५% सम्मको छुट

  २०७६ माघ २१ गते १८:२५     विकासन्युज

काठमाडौं । सन्राईज बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उदेश्यले होटल अन्नपूर्णसंग सम्झौता गरेको छ । सन्राइज बैंक लिमिटेड तथा होटल अन्नपूर्णबीच बैंकका ग्राहकहरुलाई होटल अन्नपूर्णको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्ण र उक्त होटलले संचालन गर्दै आएको चितवन स्थित जगतपुर लज्, तथा पोखरा स्थित फिस्टेल लजमा फुड, वेभरेज एण्ड बेकरी आईटम जस्ता सुविधाको भुक्तानी गर्दा सन्राइज बैंकको डेबिट र क्र्र्रेडिट कार्ड मार्पmत भुक्तानी गरेर १५% सम्मको छुट लिन सक्नेछन्।

सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै होटल, रेष्टुरेन्ट, अस्पताल तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.