सीजी कम्युनिकेसनको लिमिडेड मोविलिटीकाे अनुमतिपत्र खारेज

  २०७६ माघ २१ गते १७:५१     विकासन्युज

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सीजी कम्युनिकेशन (तत्कालिन एसटीएम संञ्चार) लाई दिएको अनुमतिपत्र रद्द गरेको छ ।

प्राधिकरणले ७ जिल्लामा सेवा संचालन गर्न सीजीलाई दिएको लिमिटेड (सर्भिस बेस्ड अन वायरलेस कम्युनिकेसन) मोबिलिटीको अनुमतिपत्र नियम अनुसार नविकरण नभएको भन्दै रद्द गरिएको जानकारी दिएको छ ।

सीजी कम्युनिकेशनले नवीकरण दस्तुरसहित निवेदन पेश नगरेका कारण अनुमतिपत्र रद्द गरिएको प्राधिकरणको भनाइ छ ।

सीजी कम्युनिकेसनले बाग्लुङ्ग, पाल्पा, कन्चनपुर, डडेलधुरा बैतडी, बर्दिया र दैलेखमा मोविलिटी सेवा प्रदान गर्ने गरी अनमतिपत्र पाएको थियो । कम्पनीलाई १९ माघ २०६६ मा दिएको अनुमतिपत्र प्राधिकरणले १९ माघ २०७६ देखि लागू हुने गरी रद्द गरिएको प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.