माछापुच्छ्रे बैंकले दुबईबाट ल्यायो एक अर्ब बढी रूपैयाँ

  २०७६ माघ २१ गते १७:४८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँ भन्दा बढी पैसा नेपाल ल्याएको छ । बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर उक्त रुपैयाँ नेपाल भित्र्याएको हो ।

बैंकले माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौता अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त रकम नेपाल ल्याएको हो । राष्ट्र बैंकले कूल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।

बैंकले माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.