केदारेश्वर धामलाई सेञ्चुरी बैंकको सहयोग, भक्तजनहरू लाभान्वित हुने

  २०७६ माघ २१ गते १७:१३     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले केदारेश्वर धामलाई पानी ट्यांङ्की साथै टिकट हस्तान्तरण गरी सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागी सफा पानी उपलब्ध गराउनको निम्ती एक थान एक हजार लिटरको पानी ट्यांङ्की र धामको नियमित सरसफाईको लागी २० रुपैयाँका ५ हजार थान टिकट हस्तान्तरण गरेको हो ।

बैंकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई उक्त पानी ट्यांङ्की र टिकट हस्तान्तरण गरेको हो ।

केदारेश्वर धाममध्ये पश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तव्यमा पर्न सफल धाम हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.