इन्फ्रास्ट्रचर बैंककाे शेयर प्रत्याभूतिमा नागरिक लगानी कोष

  २०७६ माघ २१ गते १५:२८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे साधारण शेयर निष्काशन तथा धितोपत्र प्रत्याभूतिमा नागरिक लगानी कोष नियुक्त भएकाे छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको रु.१०० अंकित दरको ८ करोड कित्ता साधारण सेयर निष्काशन गर्न काेषलाई प्रत्याभूतिकर्ता (अन्डरराइटर) मा नियुक्त गरेकाे हाे ।

सो प्रत्याभूति सम्बन्धी सम्झौतापत्रमा नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेड नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन हाल सम्मकै देशकै ठूलो सार्वजनिक निष्काशन हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अधिकृत पुँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रूपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रूपैयाँ पुग्ने छ ।

जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.