दुई महिनामा २० करोडका स्काभेटर नष्ट, सुरक्षाकाे माग गर्दै निर्माण व्यवसायी सिँहदरवारमा

  २०७६ माघ २१ गते १३:१७     सन्ताेष राेकाया

काठमाडौं । माघ १० गते मोरङको मिक्लाजुङ गाउँपालिका अन्तर्गतको आइतेबारीमा तीन स्काभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैयाँको क्षति भयो । सोही दिन झापाको सेतुमारीमा पनि अज्ञात समूहको आगजनीबाट शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एक स्काभेटरमा पूर्ण क्षति र अर्कोमा आंशिक क्षति भयो ।

यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुरको दिक्तेल सडकखण्डमा निर्माण कार्य गरिरहेका गोल्डेन ग्रुपको स्वामित्वमा रहेको ४ थान स्काभेटरमा आगजनी हुँदा करिब ४ करोड रुपैयाँ बराबरको क्षति भयो ।

यी त केही उदाहरण मात्र हुन् । पछिल्लो दुई महिनाको अवधिमा निर्माण व्यवसायीका २० स्काभेटरमा अज्ञात समूहबाट आगजनी भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार २० वटा स्काभेटरमा भएको आगजनीबाट करिब २० करोड रुपैयाँ क्षति भएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले छोटो समयमा यति धेरै स्काभेटरमा आगजनी हुनु निर्माण व्यवसाय र समग्र देशका लागि सुखद नभएको बताए ।

‘देश निर्माणको अभियानमा जुटेका निर्माण व्यवसायीलाई प्राेत्साहन गर्नुका साटो उल्टै डर धम्की र त्रासको वातावरण छ, आयोजना निर्माणका लागि फिल्डमा राखेका सामाग्रीमा आगजनी गरेर कसरी देश निर्माण हुन्छ,’ उनले भने ।

पूँजीगत वर्ष तर्फको राष्ट्रको बजेटको करिब ६५ प्रतिशत खर्च गर्ने निर्माण क्षेत्रलाई अझ बढी जिम्मेवार, जवाफदेही, अधिकार र कर्तव्यको सुनिश्चितता गरी व्यवस्थित नबनाईदासम्म यो क्षेत्रको विकास सम्भव नभएको उनको भनइ छ ।

यसरी निर्माण व्यवसायीहरुको सामाग्रीहरुमा पटक– पटक आगजनी र डर धम्कीले निर्माण व्यवसायी त्रसित भएको सिंहले बताए । निर्माण उद्याेग र तिनका उपकरणहरुमाथि आगजनी तथा बम विस्फोटन भएकाे उद्योगीहरूले बताउँदै उनले व्यवसायीहरुलाई शान्ति सुरक्षा र उचित क्षतिपूर्तिको लागि सम्बन्धित निकायहरुमा पहल गर्नका लागि विकास तथा प्रविधि समितिसामु आग्रह समेत गरेका छन् ।

देशभरका करिब १५ हजार भन्दा बढी निर्माण व्यवसायीहरु रहेको महासंघलाई यसरी विभिन्न कारणले त्रसित गर्नु उचित नभएको बताउँदै उनले निर्माण व्यवसायीबिना देशको समृद्धि असम्भव रहेको बताए ।

यसरी निर्माण व्यवसायीहरुको सामाग्रीहरुमा पटक– पटक आगजनी र डर धम्कीले निर्माण व्यवसायी त्रसित भएको सिँहले बताए । निर्माण उद्योगीहरुका र तिनका उपकरणहरुमाथी आगजनी तथा बम विस्फोटन उद्योगीहरूको भएको बताउँदै उनले व्यवसायीहरुलाई शान्ति सुरक्षा र उचित क्षतीपूर्तीको लागि सम्बन्धीत निकायहरुमा पहल गर्नका लागि विकास तथा प्रविधि समितिसामु आग्रह समेत गरेका छन् ।

देशभरका करिब १५ हजार भन्दा बढी निर्माण व्यवसायीहरु रहेको महासंघलाई यसरी विभिन्न कारणले त्रसित गर्नु उचित नभएको बताउँदै उनले निर्माण व्यवसायीबीना देशको समृद्धि असम्भव रहेको बताए ।

सरकारसँग सुरक्षाको माग

नेपाल निर्माण व्यवसायी महासंघले सरकारसमक्ष सुरक्षाको माग गरेको छ । मंगलबार महासंघका अध्यक्ष रवि सिँहसहितको समूहले विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्कालाई सुरक्षाको माग गरेका हुन् ।

निर्माण व्यवसायीहरुलाई अज्ञात समूहले पटक– पटक फोन गरेर डर त्रास र धम्की दिने र निर्माण सामग्रीहरु जलाउने काम भइरहेकोले यसको क्षतिपूर्तिसहित सुरक्षाको माग गरिदिन आग्रह गरेका हुन् । उनीहरुले सभापति खड्कासमक्ष निर्माण व्यवसयीले भोग्दै आएका समस्या र निर्माण कार्य गर्दा व्यहोर्नु पर्ने कानुनी अवरोधहरुसमते जानकारी गराएका छन् ।

उनीहरुले निर्माण व्यवसायीलाई काम गर्न केही अ नीति नियमहरुले अवरोध गरेकोले यसमा सहज वातावरण गर्नका लागि विकास तथा प्रविधि पहल गरिदिन आग्रह गरेका छन् ।

महासंघले नेपाल सरकारलाई २३ बुँदे राय सुझावसहितको २३ बुँदे पत्र हस्तान्तरण गरेको छ । निर्माण व्यवसायीलाई फिल्डमा काम गर्न असहज भएकोले विभिन्न नियम कानुनहरु संशोधनको माग गर्नका लागि खडकालाई ती ऐन कानुनम सहज पार्नका लागि पहल गरिदिन आग्रह गरेको छ ।

२३ बुँदे राय तथा सुझाव पत्र बुझ्दै खड्काले देश निर्माणमा खटेका निर्माण व्यवसायीको हितका लागि आफु सकरात्मक भएको बताइन् । तर, निर्माण व्यवसायीहरुको पनि धेरै ठाउँमा गगत भएकाले यसलाई सुधार्नु पर्ने बताइन् ।

‘आयोजना निर्माणमा कमसल सामाग्रीको प्रयोग भुलवस मात्र भएको छैन, निर्माण व्यवसायीकै मिलोमतोमा पनि यस्तो काम भइरहेको छ, यो प्रवृतिलाई सुधार्न आवश्यक छ,’ सभापति खड्काले भनिन् ।

सभापति खड्काले निमार्ण व्यवसायीले प्रयोग गर्ने सामानमा गुणस्तरियता हुनु पर्ने बताइन् । निर्माण कार्यमा कमसल सामाग्री प्रयोग गर्ने व्यवसायीलाई कालोसूचिबाट हटाउन नसकिने उनकाे भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.