डण्डीको मूल्य बढाएपछि उद्योगीसँग सरकारले माग्यो प्रष्टिकरण

  २०७६ माघ २१ गते १२:३५     राजाराम न्यौपाने

काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग डण्डीको मूल्य किन बढ्यो भन्दै नेपाल फालामे डण्डी उत्पादक संघलाई पत्र काटेको छ ।

विभागले संघलाई कटेको पत्रमा के–के कारणले मूल्य वृद्धि भएको भनेर उपस्थित भई कारणसहित पेश गर्न निर्देशन दिएको छ ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता नोखबहदुर बस्यालले संघलाई पत्र काटिएको जानकारी दिए ।

‘संघले सरोकारवाला कुनै निकायसँग पनि सल्लाह नै नगरी आफ्नै तरिकाले डण्डीको मूल्य वृद्धि गरेको छ, के कारणले डण्डीको मूल्य वृद्धि भएको हो भनेर हामीले पत्र काटेका छौं’, बस्यालले भने ।

नेपाल फामे डन्डी उत्पादक संघका अध्यक्ष शाहिल अग्रवालले विभागबाट पत्र आएको बताए । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएको कारण मूल्य बृद्धि गर्नु परेको अध्यक्ष अग्रवालको भनाइ छ ।

‘अन्तराष्ट्रिय बजारमा कच्च पदार्थको मूल्य बढेको छ, त्यसैले हामीले डण्डीमा प्रतिकेजी ७ देखि १० रुपैंयासम्म मूल्य वृदि गरेका हौं,’ अग्रवलाले भने ।

नेपालमा ठूला डण्डी उद्योगहरुमा मात्रै १ खर्बको लगानीमा ३७ वटा उद्योगहरु सञ्चालनमा छन् । अहिले सञ्चालनमा रहेका अधिकांश उद्योग नोक्सानीमा रहेको उद्योगीको भनाइ छ ।

भूकम्पपछिको पुननिर्माणका लागि निर्माण सामग्रीको माग उच्च भएपछि नेपालमा फलामे डण्डी उत्पादन बढेको थियो । नयाँ कम्पनी स्थापना पनि भएका थिए । तर, विगत २ वर्षयता भने नयाँ उद्योग स्थापना भएका छैनन् । एउटा उद्योग संचालन गर्न कम्तिमा पनि ४ करोड रुपैयाँ लाग्ने उद्योगीको भनाइ छ ।

भारतका फलाम खानी संचालक र भारतीय सरकारबीचको विवादले नेपालमा फलामे डण्डीको मूल्य बढेको उद्योगीको भनाइ छ । भारतीय फलाम खानीले लामो समयदेखि रोयल्टी नबुझाएकोले विवाद बढेको हो ।

रोयल्टी तिर्न खानी संचालकलाई भारत सरकारले दबाब दिइरहेको छ । तर, कतिपय खानी संचालकले रोयल्टी तिर्न नसक्ने भन्दै खानी नै बन्द गरेका छन् । भारतीय फलाम खानीले १६ हजार करोड भारुभन्दा बढी रोयल्टी तिर्न भारत सरकारलाई बाँकी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.