प्रभु बैंकको नाफा १ अर्ब ८ करोड, स्प्रेड दर केही घट्यो

  २०७६ माघ २१ गते ११:१८     विकासन्युज

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले सर्वसाधारणलाई ९४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८५ अर्ब ८२ करोड ११ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको कारोबारको आधारमा प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।

यस्तै, बैंकमा गत पुस मसान्तसम्ममा सर्वसाधारणको १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकमा १ खर्ब ५ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ निक्षेप थियो ।

गत पुस मसान्तसम्ममा बैंकले ५ अर्ब ९९ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने ३ अर्ब ५३ करोड २९ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब २२ करोड ४९ लाख रुपैयाँ व्याज आम्दानी गरी ३ अर्ब ७ करोड १८ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । गत आर्थिक वर्षको ६ महिनामा २ अर्ब १५ करोड ३० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको प्रभु बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रभु बैंकको खराब कर्जा अनुपात ३.१२ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो अनुपात २.४७ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ६.२९ प्रतिशत छ । गत वर्षको पुसमा ६.१९ प्रतिशत थियो । गत वर्षको पुस मसान्तमा ७६.५९ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) यो वर्षको पुस मसान्तमा ७४.७ प्रतिशत छ ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार गत पुस मसान्त आधार दर ९.४५ प्रतिशत छ । गत वर्षको पुस मसान्तमा यस्तो दर ९.३७ प्रतिशत थियो । आधार दर बढी भयो भने कर्जाको व्याज महंगो पर्छ । गत वर्षको पुस मसान्तमा ४.८७ प्रतिशत रहेको बैंकको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तमा ४.८३ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.