कृषि विकास बैंकको नाफा १ अर्ब ५८ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि

  २०७६ माघ २१ गते ९:५७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ ।

गत वर्षको ६ महिनामा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यो वर्ष बैंकले २९ करोड ३७ लाख रुपैयाँ नाफा बढाएको छ ।

बैंकले सर्वसाधारणलाई १ खर्ब १५ अर्ब ३६ करोड ९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ खर्ब ८ अर्ब ८० करोड ६६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।

गत पुस मसान्तसम्ममा कृषि विकास बैंकमा १ खर्ब २७ अर्ब २१ करोड ६७ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको सोही अवधिमा बैंकसँग १ खर्ब १८ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ निक्षेप थियो ।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा बैंकको व्याज खर्च बढेको छ । गत वर्षको ६ महिनामा बैंकले ३ अर्ब ७० करोड ३७ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । यो वर्षको सोही अवधिमा बैंकको व्याज खर्च ४ अर्ब ४४ करोड ९३ लाख रुपैयाँ व्याज खर्च छ । गत वर्ष ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब ६२ करोड १० लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी गत वर्ष ३ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ थियो भने चालु आर्थिक वर्षमा ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ छ ।

बैंकको खराब कर्जा अनुपात ३.१९ प्रतिशत छ । गत वर्षको पुस मसान्तसम्ममा यस्तो अनुपात ४.५ प्रतिशत थियो । यस्तै, कष्ट अफ फण्ड ७.२ प्रतिशत छ । गत वर्ष कष्ट अफ फण्ड ७.२३ प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.१२ प्रतिशत छ । गत वर्ष ७८.६८ प्रतिशत थियो । यस्तो अनुपात बढीमा ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ ।

कृषि विकास बैंकको आधार दर १०.१७ प्रतिशत छ । गत वर्ष आधार दर ११.१५ प्रतिशत थियो । आधार दर धेरै हुदाँ कर्जाको व्याज महंगो पर्छ । यस्तै, गत वर्षको पुस मसान्तसम्ममा ६.७३ प्रतिशत रहेको व्याज अन्तर (स्प्रेड) दर यो वर्षको पुस मसान्तसम्ममा ५.२९ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा व्याज अन्तर ४.४ प्रतिशतमा झार्न नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.