प्रतिबन्धित चिनियाँ पे एपले वैधानिक बाटो समाते, एनएमबी र हिमालयन बैंक सेटलमेन्ट पार्टनर

  २०७६ माघ २० गते २०:१३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ महिनाअघि प्रतिबन्ध गरेको भुक्तानी सम्बन्धि दुई चिनियाँ एपले बैधानिक बाटो समातेका छन् । दुबै एपले नेपाली बैंकमार्फत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएका छन् ।

राष्ट्र बैंकबाट स्वीकृत नलिई नेपालमा डिजिटल भुक्तानीको काम गर्दै आएका चिनियाँ चर्चित एपहरु वीच्याट पे वा अली पेलाई नेपाल राष्ट्र बैंकले गत जेठ ६ गते नेपालमा प्रतिवन्ध लगाएको थियो ।

नेपाल भ्रमणमा आउने र नेपालमा व्यवसाय गर्ने चिनियाँले नेपालमा वस्तु तथा सेवा खरिद गर्दा वीच्याट पे अथवा अलीपेबाट भुक्तानी गर्ने गरेका थिए । उनीहरुले गर्ने कारोबार नेपाली अर्थतन्त्रमा रेकर्डट नभएको, कर छलि भएको, नेपालले आर्जन गर्न सक्ने विदेशी मुद्रा गुमाएको भन्दै नेपाल राष्ट्र बैंकले यस्तो कारोबारमा रोक लगाएको थियो ।

राष्ट्र बैंकले रोक लगाएपछि बैधानिक बाटो समाउन बाध्य यी दुई एपलाई कारोबार गर्न राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । दुई वाणिज्य बैंकलाई चिनियाँ पेमेन्ट गेटवेको बैकिङ सेटलमेन्ट कार्य गर्न स्वीकृत दिएको राष्ट्र बैंक स्रोतले बतायो ।

केन्द्रीय बैंकले एनएमबी बैंकलाई ‘वीच्याट पे’को कारोबार सेटलमेन्ट गर्न स्वीकृत दिएको छ । त्यस्तै, हिमालयन बैंकलाई ‘अलीपे’को कारोबार सेटलमेन्ट गर्न स्वीकृत दिएको हो ।

वीच्याट पे चीनमा सर्वाधिक प्रयोग हुने एप हो । इन्टरनेटमा आधारित संचार र भुक्तानी दुबै प्रकारको सेवा भएकोले वीच्याट निकै प्रयोगमा छ ।

चिनियाँ नागरिकले मात्र होइन, चीन भ्रमणमा जाने, चीनमा बसोबास गर्ने विदेशीले पनि वीच्याट पे प्रयोग गर्दछन् । विदेश भ्रमणमा निष्कदा पनि चिनियाँले वस्तु तथा सेवा खरिद गर्दा वीच्याट पे वा अलीपेबाट भुक्तानी गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.