जबरजस्ती करणी गरी फरार हेमन सिंह बस्नेत पक्राउ

  २०७६ माघ २० गते १४:२५     विकासन्युज

काठमाडौं । जबरजस्ती करणी गरी फरार रहेका आरोपी हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले सोमबार पक्राउ गरेको छ ।

धादिङ्ग घर भएका हाल सोही स्थानमा बस्ने बस्नेतले गजुरीस्थित हलेदेखाेला बस्ने स्थानीय १६ वर्षे युवतीलाई आफ्नै घर कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी निजले बोल्न कराउन नसक्ने गरी मुख थुनी जबरजस्ती करणी गरी फरार भएका थिए ।

भारतमा लुकिछिपी बसी पछिल्लो समयमा नेपाल आएका बस्नेत सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारको लागि कुबेत जाने क्रममा निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निजलाई आवश्यक कानुनी कारबाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय धादिङ्ग पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.