अमेरिका जान लालायित युवालाई सुझावः ३१ प्रकारका जागिर अत्यन्त जोखिमपूर्ण

  २०७६ माघ २० गते ११:०५     विकासन्युज

काठमाडौं । अधिकांश नेपाली यूवाहरु अमेरिका पलायन हुन लालायित छन् । अमेरिकामा गएर जागिर खाने, डलरमा तलब बुझ्ने अनि त्यहाँको आधुनिक रहनसहनमा रमाउने चाहनाले धेरै यूवापिढीलाई गाँजेको छ । चाहे रेष्टुराँमा भुइँ पुछ्ने काम होस् वा सामान डेलिभरीको जागिर । काम जेसुकै होस्, मात्र अमेरिकी डलरमा पारिश्रमिक बुझ्न पाए पुग्यो ।

तर तितो सत्य के हो भने नेपाली लगायत अधिकांश आप्रवासीहरुले अमेरिका गएर गर्ने अधिकतम काम जोखिमयुक्त रहेका छन् । अमेरिकी ब्युरो अफ लेबर स्टाटिस्टीकले सन् २०१८ मा कति जना मानिसहरुले जागिर गर्ने क्रममा ज्यान गुमाए भनेर तथ्यांक सार्वजनिक गरेको छ । सो जागिर गर्ने प्रत्येक १ लाख जनामा कति जनाले ज्यान गुमाए भनेर निकालेको सूचनाको आधारमा एजेन्सीहरुले अमेरिकाको सबैभन्दा बढी खतरनाक ३१ वटा जागिरहरुको सूची तयार गरेका छन् ।

सबैभन्दा बढी जोखिमयुक्त जागिर भनेर यातायत क्षेत्रसँग सम्बन्धित जागिरलाई राखिएको छ । प्रत्येक १ लाख जागिरेमध्ये धेरै फेटालिटी रेट (घाउ, चोट वा गम्भिर दुर्घटनाको दर) को आधारमा सबैभन्दा जोखिमयुक्त ३१ जागिर अथवा कामहरुको प्रकृतिको सूची प्रस्तुत गरिएको छ । जुन काम गर्नुपूर्व जोखिमको बारेमा जानकारी लिन जरुरी छ ।

(१) लगिङ कामदार
मुख्य काम – मेसिनरी प्रविधी तथा हाते औजारको प्रयोगद्धारा रुख काट्ने काम ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ९७.६ जना

(२) फिसिङ तथा सोसम्बन्धी कार्य
मुख्य काम – जाली, फिसि¨ रड तथा अन्य साधनको प्रयोगद्धारा माछा र अन्य जलचर प्राणीहरुको संकलन ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ७७.४ जना

(३) विमान चालक तथा हवाई इञ्जिनियरहरु
मुख्य काम – यात्री तथा कार्गोको ओसापसारका लागि तोकिएको रुटअन्तर्गत विमानको संचालन तथा विमान मर्मत ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५८.९ जना

(४) घरको छानासम्बन्धी काम
मुख्य काम – आवास तथा अन्य संरचनाहरुमा काठ, जस्ता, फलाम, आल्मुनियम लगायतका सामाग्रीको छाना लगाउने तथा आवश्यक मर्मतसंभार गर्ने ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५१.५ जना

(५) पुर्नप्रयोग हुने बस्तु वा फोहोरको संकलन
मुख्य काम – पुर्नप्रयोग हुने फोहोर बस्तुको संकलन तथा नहुने बस्तुहरुको ब्यवस्थापन ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ४४.३ जना

(६) सामाग्री वितरक (सेल्स वर्कस्) तथा ट्रक चालक
मुख्य काम – बस्तु तथा सामाग्रीहरुको बिक्री तथा वितरणको लागि ट्रक तथा अन्य यातायात साधनको संचालन ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २६.० जना

(७) कृषि ब्यवस्थापन
मुख्य काम – कृषि फार्म तथा अन्य कृषिजन्य स्थापनाको योजना, निर्देशन, समन्वय तथा ब्यवस्थापन र संचालन ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २४.७ जना

(८) संरचनागत फलाम तथा स्टिल कामदार
मुख्य काम – फलामे वा स्टिलको प्रयोग गरी बन्ने संरचनामा ती सामाग्रीहरुको जडान, स्थापना तथा मर्मत ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २३.६ जना

(९) निर्माण तथा उत्खननका सुपरिवेक्षण
मुख्य काम – ठूला निर्माण तथा खानी वा उत्खनन क्षेत्रका कामदारहरुको प्रत्यक्ष सुपरिवेक्षण तथा समन्वय ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – २१.० जना

(१०) विद्युतीय तार जडान तथा मर्मत
मुख्य काम – विद्युतीय गृह, परियोजना तथा वितरण केन्द्रको तारहरुको जडान तथा मर्मतसंभार ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १९.३ जना


(११) विविध कृषिजन्य कामदारहरु
मुख्य काम – खेती, कृषि तथा अन्य कृषिजन्य व्यवसायमा काम ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १८.० जना

(१२) निर्माण सहयोगीहरु
मुख्य काम – निर्माण क्षेत्रहरुमा निर्माणमा खटेका कामदारलाई सहायता ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १५.८ जना

(१३) पुलिस/सुरक्षाकर्मी
मुख्य काम- स्थानीय तथा संघिय कानून तथा अन्य अध्यादेशको कार्यान्वयन गरी मानव जिवन र सम्पत्तिको सुरक्षाका साथसाथै शान्ति तथा सुरक्षा कायम ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १३.७ जना

 

(१४) निर्माण क्षेत्रका कामदार
मुख्य काम – निर्माण क्षेत्रहरुमा शारिरिक श्रममा आधारित कार्यहरु ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १३.० जना

 

(१५) सामान्य मर्मत तथा संभार कार्य
मुख्य काम – मेसिन, मेसिनका हिस्सा तथा अन्य औजारको सीपमा आधारित मर्मत तथा संभार ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १२.५ जना

 

(१६) खानीको मेसिन अपरेटर
मुख्य काम – बालुवा, कोइला, इन्धन तथा धातुका खानीमा सम्बन्धीत बस्तुको उत्खनन गर्नका लागि विभिन्न किसिमका मेसिनको प्रयोग ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ११.० जना

(१७) इञ्जिनियर तथा निर्माणसम्बन्धी उपकरण तथा मेसिन अपरेटर
मुख्य काम – निर्माण कार्यमा प्रयोग हुने विभिन्न प्रकारका उपकरण तथा मेसिनको संचालन ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – १०.६ जना

 

(१८) बस तथा ट्रकको मेकानिक र डिजेल इञ्जिन विशेषज्ञ
मुख्य काम – बस, ट्रक तथा विभिन्न डिजेल इञ्जिनको चेकजाँच, परिक्षण, मर्मत ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ९.५ जना

 

(१९) इलेक्ट्रिसियन
मुख्य काम – तार तथा अन्य विद्युतीय सामाग्रीको जडान, रेखदेख तथा मर्मतसंभार
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ८.८ जना

 

(२०) हिटर, यअर कन्डिसन र फ्रिज लगायतको जडान
मुख्य काम – हिटर, यअर कन्डिसन र फ्रिज लगायतको जडान तथा मर्मत संभार ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ८.५ जना

(२१) खेलाडी, धावक र एम्पायर
मुख्य काम – विभिन्न खेलकुद प्रतियोगीताहरुमा प्रतिस्पर्धा गर्ने, प्रशिक्षण दिने लगायत ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ७.६ जना

(२२) औद्योगीक ट्रक र ट्र्याक्टर अपरेटर
मुख्य काम – वयर हाउस, गोदाम, फ्याक्ट्रि, निर्माण क्षेत्र लगायत अन्य विभिन्न स्थानमा कच्चा पदार्थको वसारपसार तथा उत्पादित सामानको ढुवानी ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.८ जना

(२३) ट्याक्सी चालक र ब्यक्तिगत सवारी चालक
मुख्य काम – अटोमोबाइल, भ्यान वा ब्यक्तिगत गाडी चलाउने ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.७ जना

(२४) सिकर्मी–डकर्मी
मुख्य काम– काठको झ्यालढोका बनाउने, काठका अन्य सामाग्रीको निर्माण गर्ने, ठड्याउने वा स्थापना गर्ने, आवश्यक मर्मतसंभार गर्ने ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.६ जना

(२५) आकष्मिक चिकित्सकिय प्रावधिक तथा प्यारामेडिक्स
मुख्य काम – थुनिएका, पुरिएका वा संकटमा परेका मानिसहरुको उद्धार गर्ने । आकष्मिक स्वास्थ्य सेवाको आँकलन गर्ने र सेवा प्रदान गर्ने । बिरामी वा घाइतेलाई तत्कालै स्वास्थ्य सुविधा केन्द्रसम्म पुर्याउने ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.५ जना

(२६) सुरक्षा गार्ड
मुख्य काम – चोरी, हिंसा वा नियमको उल्लंघनलाई रोक्न पहरेदारी गर्ने ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.४

(२७) वेल्डिङ
मुख्य काम – फलामको सामाग्रीहरुलाई काट्ने, जोड्ने, फिटिङको लागि प्वाल पार्ने ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.२ जना


(२८) गाडीको मर्मत

मुख्य काम – सवारीसाधनमा आएको समस्याको पहिचान तथा निराकरण । गाडीहरुको मर्मत
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ६.१ जना

(२९) हाते श्रम तथ सामाग्रीको ओसारपसार
मुख्य काम – भरिया, औजार वा मेसिनविना विभिन्न सामानहरुको बोकेर ओसारपसार गर्ने तथा अन्य सामान्य श्रम गर्ने ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५.८ जना

(३०) प्लम्बिङ
मुख्य काम – पाइप लगाउने, पाइप काट्ने वा जोड्ने, पाइप तथा ढलको मर्मत गर्ने ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५.६ जना

(३१) रंगरोगन र मर्मत
मुख्य काम –पर्खाल, घर, पुल, भवन तथा अन्य संरचनामा रंग पोत्ने ।
गम्भिर दुर्घटना दर (प्रति १ लाख जनामा) – ५.३ जना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.