चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काइने

  २०७६ माघ १९ गते १८:२१     विकासन्युज

काठमाडौं । नेपाल सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ । कोरोना भाईरसको त्रासलाई मध्यनजर गर्दै शनिबार प्रधानमन्त्रीको उपस्थितिमा बसेको मन्त्री, मुख्य सचिव तथा सचिवहरुको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।

चीनमा रहेका नेपाली विद्यार्थीहरुको स्वास्थ्य तथा तिनका अभिभावकहरुको चाँसोलाई सम्बोधन गर्दै विद्यार्थीहरुलाई स्वदेश फर्काउने निर्णय गरेकाे स्वास्थ्य मन्त्रालयको प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए ।

हाल चीनमा १ सय ७७ नेपाली विद्यार्थी अध्यनरत छन् । बेईजिङ स्थित नेपाली दुतावासले यसमा सहयोग गर्न श्रेष्ठले बताए ।

चीनबाट प्रस्थान गर्ने विमानस्थलमा उनीहरुको स्वास्थ्य परिक्षण हुनेछ भने उनीहरुलाई नेपाल ल्याएर थप जाँच गरेर संक्रमित भएको अवस्थामा तोकिएको अस्पतालहरुमा आईसोलेसन वार्डमा राखी उपचार गरिनेछ । यस्तै बाँकिलाई दुई हप्ता निगरानीको लागि छुटै स्थानमा राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.