कोरोना भाइरसबाट अस्तव्यस्त भएकाे चीनलाई नेपालले पठायाे १२ हजार थान मास्क

  २०७६ माघ १९ गते १६:०१     विकासन्युज

काठमाडौं । हालै मित्रराष्ट्र चीनमा फैलिएको नोवल कोरोना भाइरसका कारण जनजिवत अस्तव्यस्त भएको छ । हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसँगै चीनमा सुरक्षाका लागि माक्सको माग बढ्दो छ ।

विशेषगरी नेपालसँग सिमा जोडिएको चिनिया प्रान्त तिब्बतमा समेत भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको छ । तसर्थ यस संघले चाइना तिब्बत चेम्बर अफ बोर्डर टेनलाई सहयोग स्वरुप १२ हजार थान मास्क प्रदान गरेको छ ।

उक्त चेम्बरसँंग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.