एमसीसीको विरोध गर्ने भीम रावललाई सुझाव संकलनको जिम्मा

  २०७६ माघ १९ गते १४:५७     विकासन्युज

काठमाडौं । सत्तारुढ नेकपाभित्रै मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विरोध भएपछि सुझाव संकलन गरिने भएको छ । सत्तारुढ नेकपाको केन्द्रीय कार्यसमिति बैठकले सुझाव संकलन गर्ने निर्णय गरेको हो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठिन सुझाव समितिमा एमसीसीका केही प्रावधानलाई लिएर विरोध गर्दै आएका भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन् । रावल एमसीसीको केही प्रावधानको विरोधमा छन् भने ज्ञवाली संसदबाट जस्ताको तस्तै पारित गरेर कार्यान्वयन गरिनु पर्ने पक्षमा छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा उठेका प्रश्नको जवाफ दिदै अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठनको घोषणा गरे । कार्यदललाई सुझाव संकलनको लागि १० दिनको म्याद दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.