यामाहाले शुरू गर्दै नयाँ अभियान, बाइककाे एफआइ प्रविधि र कार्बरेटर बारे जानकारी दिने

  २०७६ माघ १९ गते १४:०५     विकासन्युज

काठमाडौं । यामाहा टू ह्वीलर्सको आधिकारीक वितरक मोरङ अटो वक्र्स इन्टरप्राइजेजले नयाँ अभियान शुरू गर्ने भएकाे छ । इन्टरप्राइजेजले मोटरसाइकलमा प्रयोग गरिने फ्युल इन्जेक्टेड (एफआइ) प्रविधि र कार्बरेटरमा यसले दिने फाइदाहरुका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न एक जानकारीमूलक उक्त अभियानको थालनी गर्न लागेकाे हाे ।

फ्युल इन्जेक्टेड(एफआइ) इन्जिन र धेरैजसो दुई पाँग्रे सवारी साधनहरुमा यो प्रविधि जडान गरिएका छन् । यो प्रविधि कार्बरेटरको स्वचालित संस्करण एवं अत्याधुनिक प्रविधि हो, जसले मोटरसाइकलमा जडान गरिएको यसको ८ सेन्सरहरु (क्र्यान्क अवस्था सेन्सर, कूल्यान्ट तापमापक सेन्सर, इन्टेक एयर प्रेसरसेन्सर, थ्रोटल अवस्था सेन्सर, ओटू सेन्सर, लीन एँगल सेन्सर र स्पीड सेन्सर) को मद्दतले काम गर्ने गर्दछ, जहाँ इसियु मोनिटरहरुले डाटा प्राप्त गर्दछन् र सोही बमोजिम कारवाही प्रक्रिया शुरु गर्दछ ।

अन्ततः मानव शरीरमा रहेका दिमाग र इन्द्रियहरु झैं मोटरसाइकललाई उत्कृष्ट प्रतिक्रिया प्रदान गर्छ । यद्यपि यामाहाले यो प्रविधिलाई एक दशकभन्दा अघि सन् २००८ को शुरुदेखि नै आफ्नो यामाहा आर १५ को पहिलो उत्पादनबाटै भित्र्याइसकेको हो । यो प्रविधि एफ जेड सिरिजहरु, आर-सिरिजहरु र हालसालै मात्र प्रस्तुत एमटि १५ मा समेत प्रयोग गरेर उत्कृष्ट प्रविधिको रुपमा प्रमाणित भैसकेको छ ।

यामाहाले भर्खरै आफ्नो रोडिज स्क्वाडको साथमा नेपालको उच्च पहाडी भेगहरु र उबडखाबड मार्गहरु पार गरेर बजारमा छाप छोड्न सफल भएको छ । रोडिज स्वाडहरुले आफ्नो यामाहा एफजेड चलाएर ९ दिनभित्रमा १३०० किमि र ३८४० मिटर उचाईको यात्रा तय गरेका छन् ।

बाइक चालकहरुको चयन उनीहरुको मोटरसाइकलको प्रमर्फेन्ससँग मेल खाने उनीहरुको शारीरिक क्षमताको आधारमा गरिएको थियो । एफआइ प्रविधि भएका कारण बाइक चिसोमा पनि स्टार्ट गर्न सजिलो भएको थियो भनें मौसम र उचाईमा आएको परिवर्तनले पनि बाइकमा कुनै प्रकारको असर पुगेको थिएन । त्यस्तो स्थान र अवस्थामा पनि मोटरसाइकलले कुनै ठाऊँमा धोका दिएको थिएन भनें आफ्नो लक्ष्यलाई बिना अवरोध पूरा गर्न सफल भएको थियो ।

यो प्रविधिले कसरी फ्युल इन्जेक्टेड प्रणालीबाट इन्जिनलाई तीव्र वेग र सजिलो स्टार्ट गराउँछ कार्बरेटरभन्दा १४ प्रतिशत बढी माइलेज दिन्छ । साथै, कम लागतको मर्मतबाट लाभ दिने बारे जानकारीका पाउन आवश्यक रहेको मोरङ अटो वक्र्सका बजार आधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.