प्राइम कमर्शियल बैंकको नाफा १ अर्ब ३० करोड, आधार दर एकल अंकमा आयो

  २०७६ माघ १९ गते ९:५६     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकले गत पुस मसान्तसम्ममा ८० अर्ब ९१ करोड ५४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकको कर्जा तथा लगानी ७२ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ कर्जा तथा लगानी थियो ।

यस्तै, गत पुस मसान्तसम्ममा प्राइमसँग सर्वसाधारण्को ८० अर्ब ३५ करोड ३५ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा यस्तो निक्षेप ७७ अर्ब ४ करोड रुपैयाँ थियो । बैंकले एक वर्षमा कर्जा तथा लगानी ८ अर्ब ३७ करोड रुपैयाँ कर्जा तथा लगानी बढाउँदा निक्षेप रकम ३ अर्ब ३१ करोड रुपैयाँ बढाएको छ । यो बीचमा बैंकले नाफा भने २३ करोड ९९ लाख रुपैयाँ बढाएको छ ।

गत वर्षको पुस मसान्तको तुलनामा बैंकको खराब कर्जा अनुपात १.५८ बाट घटेर १.४५ प्रतिशतमा आएको छ । कष्ट अफ फण्ड ८.२९ बाट घटेर ७.६५ प्रतिशत भएको छ । बैंकको व्याज अन्तर गत वर्षको पुस मसान्तमा ५.१८ प्रतिशत रहेकोमा यसवर्षको पुस मसान्तमा ५.११ प्रतिशत भएको छ । यस्तै, आधार दर गत वर्षको पुस मसान्तमा १०.१७ रहेकोमा यस वर्षको पुस मसान्तमा ९.४५ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.