एनसीसी बैंकको १५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी सवा ९ अर्ब नाघ्यो

  २०७६ माघ १७ गते १८:०२     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको प्रस्तावित १५.७८९ प्रतिशत लाभांश पारित भएको छ । माघ १७ गते सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९४७ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो ।

सभाबाट पारित १५ प्रतिशत बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ३५ करोड रुपैयाँ पुग्ने छ ।
साथै, महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण सेयरधनी समुहबाट, दोस्रो पटक संस्थापक सेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण कार्यका लागि पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७५/६५ मा ७३ खर्ब ३८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६३ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, उक्त वर्षमा कर तथा बोनस पछि १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.