यस्तो स्वरुपमा पुनरागमन हुने भयो विलासी हमर गाडीको

  २०७६ माघ १७ गते १६:१४     विकासन्युज

काठमाडौं । संसारभरका महंगा तथा विलासी गाडीका सौखिनहरुका लागि खुसीको खबरको छ । विश्वप्रसिद्ध हमर ब्राण्डको गाडीको पुनउत्पादन हुने भएको छ । पुरानो संस्करणको जस्तो इन्धनमा आधारित नभई हमर अब ब्याट्रीबाट चल्ने गाडीको रुपमा बजारमा आउने भएको छ ।

आर्थिक संकटको कारण देखाउँदै केही वर्ष अघि अमेरिकी कम्पनी जनरल मोटर्सले हमरका चारचक्के गाडीको उत्पादन बन्द गरेको थियो । केही समयअघि आफ्नो ब्राण्डको धेरैभन्दा धेरै राष्ट्रमा उपस्थिति जनाउने भन्दै नेपालमा पनि तीनवटा हमर जीप भित्रिएका थिए ।

‘सन् २०२० लाई हाम्रो अतिअपेक्षित गाडी, सिएमजी हमर इभी ब्याट्री इलेक्ट्रिक ट्रकको राष्ट्रिय टिभीमा प्रशारण सहित सुरु गर्दैछाैं’, केही समयअघि आफ्नो आधिकारी वेभसाइटमा जनरल मोटर्सले उल्लेख गरेको छ ।

हिजो (बिहीबार) मात्रै ब्याट्रीबाट चल्ने नयाँ हमर पिकअप ट्रक यस वर्षको मे महिनामा आधिकारीक रुपमा सार्वजनिक हुने तर बिक्री भने सन् २०२१ सेप्टेम्बरबाट सुरु गर्ने कम्पनीले घोषणा गरेको छ । प्रसिद्ध बास्केटबल खेलाडी लिब्रन जेम्सको खेल खेल्ने खेलामा सो गाडीको ३० सेकेण्ड लामो कमर्सियलमा यसको केही भाग देखाइने जनाइएको छ । तथापि कम्पनीले गाडीको प्रारम्भिक टिजर भने आफ्नो वेबसाइटमा राखिसकेको छ ।

‘शून्य उत्सर्जन र शून्य सिमितताका कारण हाम्रो पहिलो पूर्णत विधुतीय सिएमसी हमर इभीले नयाँ क्रान्तिको थालनी गर्नेछ,’ कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

कम्पनीका अनुसार यो गाडी एक हजार हर्जपावर क्षमताको हुनेछ, जुन जनरल मोटर्सको हालसम्मकै शक्तिशाली गाडी भएको कम्पनीले जनाएको छ । मात्र तीन सेकेण्डभित्र शून्यबाट ६० एमपीएचसम्म जान सक्ने यो पिकअपले ११५०० टर्क क्षमता उत्पादन गर्नेछ ।

‘हाम्रो यो विद्युतीय ट्रकले हामीमाथि शंका गर्नेहरुलाई चकित पार्नेछ भने हाम्रा ग्राहकहरुलाई आनन्दित तुल्याउने छ’, कम्पनीले अगाडी आफ्नो वेबसाइटमा लेखेको छ ।

अघिल्लो संस्करणको जस्तै डिजाइन भए तापनि आउन लागेको हमर पिकअप पृथक देखिने बताइएको छ । तथापि, यस गाडीको मूल्य एवं एकपटकको चार्जपश्चात कति किमीको यात्रा तय गर्छ भन्नेबारे केही खुलाइएको छैन ।

कम्पनीले उसको अमेरिकास्थित डेट्रोइटस्थित प्लाण्टबाट नयाँ हमरको उत्पादन गर्नेछ, जुन प्लाण्टमा उसले २.२ अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । सो प्लाण्टमा करिब २२ सय जना कर्मचारी कार्यरत रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.