राष्ट्रिय वाणिज्य बैंकद्वारा जनप्रभात उच्च माविमा सूचना प्रविधि कक्षा स्थापना

  २०७६ माघ १७ गते १२:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जनप्रभात उच्च माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापना गरेको छ । ३ नम्बर प्रादेशिक कार्यालय काठमाडौं र शाखा कार्यालय टेकुले संयुक्त रुपमा आयोजना गरी कालिमाटीस्थित जनप्रभात उच्च माविमा सूचना तथा संचार प्रविधि(आइसिटी) कक्षाको सञ्चालन भएको हो ।

स्थापनासँगै कक्षामा आवश्यक सूचना प्रविधि सम्बन्धी सामग्रीहरुको हस्तान्तरण गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई सरस्वती पूजाको दिन सहयोग हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बृद्धिका लागि स्थापना गरिएको सूचान तथा संचार प्रविधि कक्षाले सहयोग पुर्याउने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोलले सूचना प्रविधि कक्षा भन्नाले कम्प्यूटर सीप वृद्धि गर्नु मात्र बुझिन्छ तर वास्तवमा संचार र सूचना प्रविधि कक्षा भनेको कम्प्यूटर र अन्य प्रविधि जस्ता उपकरणको प्रयोग गरी अडियो भिडियो प्रणाली मार्फत शैक्षिक विषयमा विद्यार्र्थीहरु लाई मनोरन्जन मुलक रुपमा ज्ञान दिने बताएका छन् ।

सो कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, ३ नम्बर प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, शाखा कार्यालय टेकुका प्रबन्धक युवराज घिमिरे, प्रबन्धक रविन्द्र पोखरेल, उपप्रबन्धक गणेश प्रधान, विद्यालयका प्रधानाध्यापक सत्यन्द्रलाल कर्ण, शिक्षिका विजयाश्री बज्राचार्य लगायतकोे उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.