विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी

  २०७६ माघ १७ गते १०:२४     विकासन्युज

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा बिहीबार प्रदेश स्तरीय चित्रकला प्रदर्शनी भएको छ । कार्यक्रमको पहिलो दिन प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भएको हो ।

कार्यक्रममा माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानून विद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लँुइटेलको उपस्थिति रहेको थियो ।

ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कलाप्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन निवास पोखरेलले गरेका थिए । ४० जना भन्दा बढी कलाकारहरुद्वारा निर्माण गरिएका चित्रकलाको अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए होलान् तथापी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेकोले आभार व्यक्त गरेका छन् । नेपाल सरकार अन्र्तगतको यो संस्थाले कलाको विकास, प्रवद्र्धन, उन्नयन, संरक्षण गर्दै आएको छ ।

कार्यक्रममा राजभण्डारीले प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी प्रमुख अतिथि माननीय सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले चित्रकला मार्फत नेपालको विशिष्ठताको परिचय र पहिचान दिएको हुन्छ । यसर्थ यसलाई प्रदेश स्तरीय विस्तार गर्नु आवश्यक रहेको बताए ।

त्यसैगरी, विविध धर्म, भाषा, संस्कृति भएको देश विश्वको सर्वोच्च शिखर देखि होचो भु–भाग रहेको कारण यस कार्यक्रम महत्वर्पुण रहेको कारण बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक संग्राहलयको निर्माण गर्ने बजेट विनियोजन गरिएको कुराको समेत जानकारी गजमेर गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.