सेञ्चुरी बैंकका ग्राहकलाई भैरहवाको होटल निर्वाणामा १० प्रतिशत छुट

  २०७६ माघ १६ गते १८:४४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले भैरहवाको रुपन्देहीस्थित होटल निर्वाणा लक्जरी ईन्टरनेशनल प्रा.लिले दिने विभिन्न सेवा सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई कम्पनीबीच उक्त छुट दिने सम्बन्धि बिहीबार सम्झौता भएसँगै ग्राहकले उक्त सुविधा पाउने भएका हुन् ।

‘नेपाल भ्रमण वर्ष २०२०’लाई भव्यताका साथ सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक सेयरधनीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक सेयरधनीहरुले होटलको रुम बुकिङ्ग, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ्ग पुललगायल सम्पुर्ण सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटल र्निवाणा लक्जरीका महाप्रबन्धक सुनील श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.