पर्यटन बोर्डका सीईओ रेग्मीले गरे पदबहाली

  २०७६ माघ १६ गते १७:०१     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा‍‍ धनञ्जय रेग्मीले पदबहाली गरेका छन् । बोर्ड सचिवालयमा विहीबार सिईओ रेग्मीले जिम्मेवारी सम्हालेका हुन् ।

पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर पर्यटन प्रवद्र्धनका कामलाई गति दिने उल्लेख गरे । बोर्डको कार्यकारिणी समितिको यही माघ १४ गते बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको थियो ।

सीईओको कार्यकाल चार वर्ष हुनेछ । जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्ष छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.