अब विदेशबाटै नेपालमा ऋण तिर्न सकिने, प्रभु बैंकले ल्यायो नयाँ योजना

  २०७६ माघ १६ गते १६:१६     विकासन्युज

काठमाडौं । अब प्रदेश नं. २ का प्रवासी कामदारले विदेशबाटै ऋण तिर्न सक्ने भएका छन् । प्रभु बैंकले ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तर्गत उक्त प्रदेशका पाँच वटा जिल्लाका वैदेशिक रोजगारीमा गएका कामदारहरुले सो सुविधा पाउने भएका हुन् ।

बैंकले प्रदेश न. २ का बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाही गरी ५ जिल्लाका प्रवासी कामदारहरलाई लक्षित गरी उक्त नयाँ प्रडक्ट सञ्चालनमा ल्याएको हो । वैदेशिक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।

प्रवासी कामदार र उनीहरुको परिवारको वित्तीय पहूँच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालित युके एडको परियोजना अन्तर्गत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिन सक्ने बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.