एमसीसी पास हुन्छ,कसैले राेकेर राेकिन्न: गोकुल बास्कोटा

  २०७६ माघ १६ गते १६:१२     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन  एमसीसी अब छिट्टै पास हुने बताएका छन् । मन्त्री परिषद्काे बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले साे कुरा बताएका हुन् ।

“एमसीसीमा सैन्य छ, छ, छ भनेर स्याल जस्तो कराउन पर्दैन । छ भने यति नम्बर बुँदामा छ भनेर भन्न सक्नुपर्छ,”  उनले भने । बास्कोटाले नेपाल कुनै पनि सैन्य गठबन्धनसँग संलग्न नहुने जिकिर गर्दै एमसीसीमा कुनै सैन्य गतिविधि नजोडिएको दोहोर्‍याए ।

उनले एमसीसीमा कुनै सैन्य गठबन्धन नजोडिएको पनि बताए ।  सैन्य गठबन्धन जोडिएको छ भनेर स्याल हुइयाँ गर्न आवश्यक नरहेको उनकाे भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.