औषधी, कच्चा पदार्थ र मेसिनरीको भन्सार घटाउँछौंः उपप्रधानमन्त्री पोखरेल

  २०७६ माघ १६ गते १३:०७     विकासन्युज

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले औषधीजन्य वस्तुको आयातमा लाग्दै आएको भन्सार दर घटाउने बताएका छन् ।

औषधी, यसमा प्रयोग हुने कच्चा पदार्थ तथा औषधी उत्पादन गर्न प्रयोग हुने मेसिनरीको भन्सार महसुल कम गर्ने मन्त्री पोखरेलको भनाइ छ ।

देउराली जनता फर्मास्युटिकल्सको २९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले यस्तो वताएका हुन् । नेपाली औषधी उत्पादक उद्योगीले विदेशी औषधीको आयातमा कडाई गर्न माग गरिरहेको समयमा मन्त्री पोखरेलले भन्सार महसुल कम गरेर आयात प्रोत्साहन गर्ने बताए ।

नेपाली औषधी उत्पादकहरुले औषधीको कच्चा पदार्थ र उत्पादन प्रक्रियामा प्रयोग हुने मेसिनरीको भन्सार दर कम गर्न सरकारसँग आग्रह गरिरहेका थिए । अहिले नेपालमा करिब ५० वटा उद्योगहरुले विभिन्न रोगका औषधी उत्पादन गर्दै आएका छन् । यी उद्योगहरुले औषधीको कुल मागको करिब ४५ प्रतिशत हिस्सा ओगटेका छन् ।

नेपाली उद्योगको प्रबद्र्धन र संरक्षण गर्न नेपालमा उत्पादन हुने औषधीको आयातमा कडाई गर्नुपर्ने व्यवसायीको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.