विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्मानित

  २०७६ माघ १६ गते १२:१४     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । जेपी प्रतिष्ठानको रजत महोत्सवको उद्घाटन कार्यक्रममा उनी सम्मानित भएका हुन् ।

उनको व्यवस्थापकीय क्षमता, नेपाली उर्जा क्षेत्रमा गरेको योगदान र लोडसेडिङ्मुक्त गर्ने नायकका रुपमा उनलाई प्रतिष्ठानले सम्मान गरेको हो । उनी संगै समाजमा समाजिक कार्य गर्ने १ सय ८ जनालाई प्रतिष्ठानले सम्मान गरेको हो ।

उक्त उद्घाटन कार्यक्रकमा बोल्दै घिसिङले आफ्नो क्षेत्रमा जिम्मेवारी निर्वाह गरे अवश्यसफल हुन सक्ने धारणा राखे । विद्युत प्राधिकरण लोडसेडिङ गर्ने निकाय त होइन भन्ने नागरिकको भ्रमलाई हटाउन सफल भएको बताए ।

निर्देशक घिसिङले हाल देशमा लोडसेडिङ गर्ने अवस्था नभएको बताए । अहिले धेरै उर्जा स्टक भएकोले चाहिएको उर्जा खपत गर्न आग्रह गर्दै अब नेपाल छिट्टै उर्जामा आत्मनिर्भर हुने जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.