यस्तो हुनेछ केटिएम २०० ड्युकको नयाँ संस्करण, सार्वजनिक हुनु अगावै लिक भयो फोटो

  २०७६ माघ १५ गते २०:०६     विकासन्युज

काठमाडाैं । केटिएम २०० ड्युकको नयाँ संस्करण चाँडै सार्वजनिक हुने क्रममा छ । तर सार्वजनिक हुनु अगावै सो मोडेलका केहि फोटोहरु भने लिक भएका छन् ।

लिक भएका फोटोहरु हेर्दा २०० ड्युक आफ्नो इल्डर सिब्लिङ्ग २५० ड्युकको डिजाइनमै आधारित भएको देख्न सकिन्छ । नयाँ २०० ड्युकमा एङ्गुलर हेडल्याम्प र एलईडी डीआरएल जडान गरिएको छ । ट्याङ्क पहिले भन्दा मस्कुलर र शार्प रहेको छ भने ट्याङ्कमा ग्राफिक्स पनि बेग्लै देख्न सकिन्छ । त्यसैगरी सो बाइकमा स्प्लीट सिट पनि २५० ड्युकमा भएजस्तै समावेश छ र ग्र्याब रेल चाहिँ पहिले भन्दा ठुलो दिइएको छ ।

इञ्जिन तर्फ भने नयाँ २०० ड्युकले पहिलेकै १९९ सीसी सिङ्गल–सिलिण्डर फ्युल–इन्जेक्टेड इञ्जिन प्रयोग गरेको छ । भारतमा आउँदो अप्रिल महिनाबाट लागु हुने प्रदुषण मापदण्डको नियमलाई मध्यनजर गरेर केटिएमले सो इञ्जिनलाई बीएस६ मापदण्डको बनाएको छ । सो इञ्जिनले २५.८३ पीएसको पावर र १९.५ एनएमको टर्क उत्पादन गर्दछ । लिक भएका फोटो अनुसार बाइकमा पहिलेकै ब्रेकिङ्ग प्रविधि, पहिलेकै सस्पेन्सन सेटअप र त्यसैगरी पहिलेकै डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर समावेश गरिएका छन् ।

केटिएमले २५० ड्युक र ३९० ड्युकको पनि अपडेटेड भर्जनलाई आउँदो फेब्रुअरी महिनामा बजारमा ल्याउने तयारी गरिरहेको छ । केटिएमले २०० ड्युकलाई चाहिँ यी दुवै मोडेलहरुको लञ्च पश्चात् मात्र बजार भित्र्याउने छ । सो बाइकमा धेरै स्टाइलिङ्ग अपडेट गरिएको हुनाले लञ्च पश्चात् सो बाइकको मूल्य पहिले भन्दा ७ देखि ८ हजार रुपैयाँ सम्म महँगो पर्ने अनुमान गरिएको छ ।

तस्विर सौजन्य : रसलेन डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.