आफ्नै साथीको हत्या गरी फरार रहेका फिरोज मिया राईन चार वर्षपछि पक्राउ

  २०७६ माघ १५ गते १९:१४     विकासन्युज

काठमाडौं । आफ्नै साथीको हत्या गरी फरार रहेका पर्साको विरगंज महानगरपनलिका वडा नं १५ का फिरोज मिया राईन बिहिबार पक्राउ परेका छन् । चार वर्ष अगाडि आपसी विवाद भई साथीको हत्या गर्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका वडा नं। ३ धोबिघाट स्थित जय प्रकाश अग्रवालको निर्माणाधिन घरमा घर कुर्नको निमित्त बसेका ३०वर्षका सुरेश कुमार साह कानुलाई उनले वि.स २०७१ माघमा २९ गते राती मादक पदार्थ सेवन गरी बिवाद हुँदा ईट्टा तथा फलामको रडले प्रहार गरी हत्या गरेका थिए ।

त्यो समयदेखि नै उनी फरार रहि भारतमा लुकिछिपी बसेका थिए । हाल काठमाण्डौं आएको भन्ने बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको बिशेष टोलिले खोजतलास गर्दा बुधबार काठमाडौंको किर्तिपूर नगरपालिका वडा नं २ देबढोकाबाट नियन्त्रणमा लिएको हो ।

उनलाई बुधबार नै कानुनी कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.