सांग्रिला बैंकको मुद्दती निक्षेप योजनाः रकम जम्मा गरेको दुई वर्षमै शतप्रतिशत कर्जाको ग्यारेन्टी

  २०७६ माघ १५ गते १८:५५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना’ सार्वजनिक गरेको छ । यो योजना ‘केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष’ अन्तर्गत न्यूनतम मौज्दात पाँच हजार रुपैयाँबाट शुरु गर्न सकिनेछ ।

यस मुद्दती योजना अन्तर्गत ग्राहकले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा सुविधा पाउने छन् । साथै, दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा पाइने बैंकले जनाएकाे छ । यो योजना अन्तर्गत ग्राहकले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु र २६ एटीएम मार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ । साथै, बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.